काठमाडौं । संसदको चालु अधिवेशन सोमबार राति १२ बजेबाट अन्त्य हुने भएको छ ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिवेशन अन्त्य गर्नुभएको हो ।
राष्ट्रपति कार्यालयले जारी गरेको सूचनाअनुसार सोमबार राति १२ बजेबाट अधिवेशन अन्त्य गरिएको हो ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले संसदको बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
सोमबार प्रतिनिधिसभाको बैठक चलिरहेको छ । यो बैठक बजेट अधिवेशनको अन्तिम हुनेछ । यो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै हुनुहुन्छ भने सहकारी छानबिन संसदीय समितिले पनि प्रतिवेदन पेस गर्दै छ ।








देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता