
काठमाडौं । नेकपा माओवादी केन्द्रले ‘हिंसा’ शब्दमा भन्दा पनि माओवादी सशस्त्र संघर्षलाई अपमान गर्ने ढंगले संसद्मा बोलिएकोप्रति आफूहरूको आपत्ति रहेको बताएको छ ।
माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले माओवादी ‘जनयुद्ध’लाई अपराधीकरण गर्ने हिसाबले संसद्मा बोल्ने काम भएकोले विरोध गर्नुपरेको बताउनु भयो ।
आज सचेतक र सभामुखबीच सदन खुलाउने विषयमा भएको छलफलमा माओवादीलाई पार्टीलाई आन्तरिक छलफलका लागि १ घण्टा समय दिइएको छ ।
छलफलपछि माओवादीका प्रमुख सचेतक पाण्डेले बैठकमा भएको कुरा दलमा लगेर राख्ने बताउनु भयाे । उहाँले त्यसपछि मात्र आजको बैठकमा अवरोध गर्ने नगर्ने भन्ने निर्णय गरिने उहाँले बताउनु भयो ।
‘छलफलकै क्रममा छौं । हामीले जुन विषयवस्तु उठाएका छौं । शब्दमा मात्र कुरा हैन । समग्र जनयुद्धको भाव र त्यहाँ व्यक्त भएको विषयसँग सम्बन्ध छ । संसदलाई अघि बढाउनुपर्ने भन्ने कुरा भएको छ । यहाँ भएको कुरामा दलमा लगेर राख्छु ।’ उहाँले भन्नुभयो ।
गत भदौ १२ गते एमाले सचिव योगेश भट्टराईले बोलेको ‘हिंसा’ शब्द हटाउनुपर्ने भन्दै माओवादीले भदौ २६ गतेको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको थियो ।
सोही अवरोध खुलाउन सभामुखले बैठक राखेका थिए । तर बैठकमा सहमति जुट्न सकेको छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच