काठमाडौं । नेपालका लागि केई अटोमोबाइल्सको आधिकारिक बिक्रेता लक्ष्मी ई-मोबिलिटीले शनिबारदेखि इक्पिरेन्स केई टेष्ट ड्राइभ सञ्चालन गर्ने भएको छ । शनिबार केई शोरुम थापाथली र आइतबार केई शोरुम भाट-भटेनी नक्सालमा गई केईको इलेक्ट्रिक एसयुभी एक्स ३ प्रो इभी इलेक्ट्रिक हृयाचब्याक ई-क्विट ४ र ई-बिट २ टेष्ट ड्राइभ गर्न सकिने कम्पनीले जनाएको छ ।
प्रत्येक टेष्ट ड्राइभमा सहभागीलाई हात खाली नहुने गरी आकर्षक उपहार राखिएको छ भने सहभागीमध्ये एक भाग्यशालीले जर्मन अन्तर्राष्ट्रिय ब्राण्ड वोस्टको मिस्चर ग्राइण्डर प्राप्त गर्नेछन् । लक्ष्मी ग्रुप अटोमोटिभ डिभिजनअन्तर्गत बिक्री हुने केई चाइनिज ब्राण्ड हो, जुन नाडा अटो शोमा पहिलोपटक सार्वजनिक गरिएको थियो ।
त्यसपछि कम्पनीले गाडीको ड्राइभिङ अनुभव प्रदान गर्न यस्तो कार्यक्रम आयोजना गरेको जनाएको छ । हालैमात्र कम्पनीले केई ब्राण्डको सर्भिसका लागि लक्ष्मी न्यु इनर्जी सर्भिसस्थित तीनकुनेमा सञ्चालनमा ल्याएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा