
पाल्पा । पाल्पाको माथागढी गाउँपालिका –४ सुर्कावासमा खोलाले बगाएर एक पुरुषको मृत्युु भएको छ ।
शुक्रबार दिउँसो सुर्कावासस्थित झुम्सा खोला तर्ने क्रममा जिल्लाको तिनाउ गाउँपालिका – ४ बिजनचौरका ५३ वर्षीय शेर बहादुर चौहानको बगाएर मृत्यु भएको हो ।
खोलाले बगाएका चौहान १ सय ५० मिटर तल खोलाको बिच भागमा मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । उनको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याइएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच