काठमाडौं । आज २०८१ साल भदौ २७ गते बिहीबार सन् २०२४ सेप्टेम्बर १२ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्रा सहटी दरअनुसार अमेरिकी डलरको मूल्य स्थिर देखिँदा युरो बढेको छ भने पाउण्ड स्टर्लिङ घटेको छ । नेपाली बजारमा आज अस्ट्रेलियन डलर र कतारी रियालको मूल्य भने घटेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ सात पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६७ पैसा रहेको छ । अमेरिकी डलर बुधबार पनि यही मूल्यमा कारोबार भएको थियो । आजको विनिमयदरअनुसार युरोपियन युरोको मूल्य बढेको छ । युरो आज एकको खरिददर एक सय ४८ रुपैयाँ १८ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ८४ पैसा कायम भएको छ । हिजो बुधबार नेपाली बजारमा युरोपियन युरो एकको खरिददर एक सय ४७ रुपैयाँ ९५ पैसा र बिक्री दर एक सय ४८ रुपैयाँ ६२ पैसा थियो ।
यूके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ५८ पैसा र बिक्री दर एक सय ७६ रुपैयाँ ३७ पैसा रहेकामा आज घटेर खरिददर एक सय ७५ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ३० पैसा कायम भएको छ । त्यस्तै आजका लागि अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ३९ पैसा र बिक्रीदर ८९ रुपैयाँ ७९ पैसा तय भएको छ । बुधबार अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८१ पैसा थियो ।
साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८९ पैसा रहेको छ । साउदी रियाल बुधबार पनि यही मूल्यमा कारोबार भएको थियो । त्यस्तै, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९४ पैसा कायम भएको छ । बुधबार कतारी रियालको एकको खरिददर ३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९५ पैसा रहेको थियो ।
आजका लागि स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५८ रुपैयाँ ४५ पैसा र बिक्रीदर एक सय ५९ रुपैयाँ १६ पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ७३ पैसा र बिक्रीदर ९९ रुपैयाँ १७ पैसा तोकिएको छ । सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ९७ र बिक्रीदर एक सय तीन रुपैयाँ ४३ पैसा निर्धारण गरिएको छ ।
|
usd (U.S. Dollar)
|
1 | 134.07 | 134.67 |
|
eur (European Euro)
|
1 | 148.18 | 148.84 |
|
gbp (UK Pound Sterling)
|
1 | 175.52 | 176.30 |
|
chf (Swiss Franc)
|
1 | 158.45 | 159.16 |
|
aud (Australian Dollar)
|
1 | 89.39 | 89.79 |
|
cad (Canadian Dollar)
|
1 | 98.73 | 99.17 |
|
sgd (Singapore Dollar)
|
1 | 102.97 | 103.43 |
|
jpy (Japanese Yen)
|
10 | 9.46 | 9.50 |
|
cny (Chinese Yuan)
|
1 | 18.85 | 18.94 |
|
sar (Saudi Arabian Riyal)
|
1 | 35.73 | 35.89 |
|
qar (Qatari Riyal)
|
1 | 36.77 | 36.94 |
|
thb (Thai Baht)
|
1 | 3.98 | 4.00 |
|
aed (UAE Dirham)
|
1 | 36.50 | 36.67 |
|
myr (Malaysian Ringgit)
|
1 | 30.96 | 31.10 |
|
krw (South Korean Won)
|
100 | 10.01 | 10.06 |
|
sek (Swedish Kroner)
|
1 | 12.95 | 13.01 |
|
dkk (Danish Kroner)
|
1 | 19.86 | 19.95 |
|
hkd (Hong Kong Dollar)
|
1 | 17.19 | 17.27 |
|
kwd (Kuwaity Dinar)
|
1 | 438.95 | 440.92 |
|
bhd (Bahrain Dinar)
|
1 | 355.72 | 357.31 |







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता