काठमाडौं । जीवन बिमा कम्पनीको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम(सिएसआर) अन्तर्गत अन्तर्राष्ट्रिय सहयोग संस्था रोटरी इन्टरनेसनल डिस्ट्रिक ३२९२ को सहकार्यमा देशका विभिन्न भागमा सञ्चालन हुने आधारभूत शिक्षा तथा साक्षरता कार्यक्रममार्फत् पिछडिएका वर्गको साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले सहयोगका लागि सम्झौता गरेको छ ।
सम्झौतापत्रमा रिलायन्स लाइफ सञ्चालक समिति अध्यक्ष रतनलाल केडिया र रोटरी इन्टरनेसनल डिस्ट्रिक ३२९२ का अध्यक्ष राजेन्द्रमान शेरचनले हस्ताक्षर गर्नुभएको छ । सो अवसरमा बिमा कम्पनीका सञ्चालक भरतकुमार तोदी, प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे र रोटरी इन्टरनेसनल डिस्ट्रिक ३२९२ तर्फबाट अन्य पदाधिकारीको उपस्थिति थियो ।
सम्झौताअनुसार सानिमा रिलायन्सले उक्त संस्थालाई पाँच लाख रकम प्रदान गर्नेछ । उक्त रकममध्ये दुई लाख ५९ हजार शौचालय निर्माणका लागि र बाँकी संस्थाका विभिन्न रोटरी क्लबमार्फत् देशका सामुदायिक तथा सार्वजनिक विद्यालयहरूमा सञ्चालन हुने टिच कार्यक्रमअन्तर्गत युवा साक्षरता प्रयोजनका लागि उपयोग गरिनेछ ।
कम्पनीका अध्यक्ष केडियाले सानिमा रिलायन्स समाजमै रहेर गरिने व्यवसायमा सफल हुन समाजलाई नै सफल बनाउनुपर्छ भन्ने मान्यतामा अघि बढेको र संस्थागत नागरिकको भूमिकामा सामाजिक विकासका विभिन्न क्षेत्रमा योगदान दिन सदैव तत्पर रहेको बताउनुभयो । साथै उहाँले आधारभूत शिक्षा तथा साक्षरता कार्यक्रममार्फत् आधारभूत शिक्षा पनि नपाएका वर्गले शिक्षाको उज्यालो घाम देख्न पाउने विश्वास व्यक्त गर्नुभयो ।
सानिमा रिलायन्स लाइफले १७० शाखा उपशाखा, ५० हजारभन्दा बढी अभिकर्ता तथा १८ योजनामार्फत् जीवन बिमा सेवा प्रदान गर्दै आएको छ । हालसम्म नौ लाख ५० हजारभन्दा बढी व्यक्तिले कम्पनीबाट जीवन बिमा सेवा प्राप्त गरिसकेका कम्पनीले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts