काठमाडौं । मुक्तिनाथ विकास बैंकले ग्राहकलाई थप सेवा दिन धादिङकोे गल्छीमा रहेको त्रिशूली बिच रिसोर्टसँग विभिन्न सेवा सुविधामा छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । सम्झौतासँगै मुुक्तिनाथ विकास बैंकका ग्राहकहरूले रिसोर्टमा बसाइ तथा खानामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
छुट सुविधा प्राप्त गर्न बैंकका ग्राहकले बैंकको मान्य डेबिट कार्ड/प्रिभिलेज कार्ड पेश गर्नुपर्नेछ वा बैंकको मोबाइल/इन्टरनेट बैंकिङद्वारा गर्न भुक्तानी गर्नुपर्नेछ । साथै बैंकले नेपालमै टिक्न सजिलो छ भन्ने नाराका साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्न मुक्तिनाथ सरल कर्जा योजना ल्याएको छ ।
बैंकले डिजिटल कारोबार प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ (बचत सेवाका लागिः ९८०१११००२२, कर्जा सेवाका लागिः ९८०१११००२३) लगायतका सेवाहरू बैंकमा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।







Breaking news with related posts