काठमाडौं । अप्लाइन्स प्रोडुसर माइडियाको आधिकारिक बिक्रेता सिजी इलेक्ट्रोनिक्सले दशैँ, तिहार र छठको रमाइलो पर्वलाई लक्षित गर्दै विशेष अफर ल्याएको छ । कम्पनीले बाई विन फ्लाई अफर ल्याएको हो । अफरअन्तर्गत बम्पर उपहारमा दुर्ईजनालाई थाइल्याण्ड टुर, हरेक हप्ता मिक्स्चर, ४६ हजार पाँच सय रुपैयाँसम्म क्यासब्याक र माइडिया ब्राण्डका विभिन्न घरायसी सामान किन्दा पक्का उपहार रहेका छन् ।
कम्पनीका अनुसार हरेक ग्राहकले माइडियाका विभिन्न उत्पादन जस्तै रेफ्रिजरेटर, वासिङ मेसिन, डिसवासर, एसी, राइस कुकर र अन्य घरेलु उपकरण खरिदमा ठूलो छुट पाउनेछन् । ग्राहकले ४६ हजार पाँच सय रुपैयाँसम्मको ठूलो बचत गर्न सक्ने कम्पनीको दाबी छ । उक्त योजनामा भाग लिई ग्राहकले माइडियाका उत्पादनहरू खरिद गरेर थाइल्याण्ड टुर फर कपल जित्न सक्नेछन् ।
माइडिया ब्राण्डका वासिङ मेसिन, वासरड्रायर, मल्टी डोर रेफ्रिजिरेटर, साइड बाई साइड रेफ्रिजिरेटर, डिसवासर, माइक्रोवेभ ओभन, एयर फ्रायर, वासर ड्रायर, भ्याकुम क्लिनर, इलेक्ट्रिक प्रेसर कुकर, इण्डक्सन, फ्यान हिटर, ओएफआर हिटर, पिटिसी हिटर, चिम्नी, गिजर, वाटर डिस्पेन्सेर, फ्यान जस्ता विभिन्न अपलाइन्स रहेका छन् ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता