मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

मन्जिता मैनाली मकवानपुर, संवाददाता
मन्जिता मैनाली मकवानपुर, संवाददाता
Read Time = 2 mins

हेटौंडा । हेटौंडा-१७ कठायत चोकस्थित धरान चतरा सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकलमा सवार बकैया गाउँपालिका-४ बस्ने ४६ वर्षिय उत्तम गौतम रहेका छन् । मोटरसाइकल चालक ४४ वर्षीय प्रभाव गौतम सामान्य घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौडा बजारबाट ठुलोदमार तर्फ जादै गरेको ना ६४ प २७१० नम्बरको मोटरसाइकल सडकमा कुकुरले बाटो क्रस गर्दै गर्दा उक्त कुकुरलाई बचाउने क्रममा अचानक ब्रेक लगाई आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।

मोटरसाइकलमा पछाडी सवार ४६ वर्षिय उत्तम गौतमको नाक र टाउकोमा चोट लागि गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि हेटौडा अस्पताल ल्याइएको थियो ।

ADVERTISEMENT

थप उपचारको लागि चितवन लगेकोमा आइतबार साझ गम्भिर घाईते रहेका उत्तम गौतमलाई पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार सम्भव नहुने भनि फिर्ता गरी चुरेहिल अस्पताल हेटौडा ल्याएकोमा उपचारको क्रममा गयराती २१:२० बजेको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

उनकाे शव सोहि अस्पतालको शव गृहमा रहेको जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज