काठमाडौं । संघीय संसदअन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे बस्नेछ ।
बैठकमा कानून, न्याय तथा मानव अधिकार समिति सभापति विमला सुवेदीले राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेश गर्नुहुने छ ।
त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राष्ट्रिय सभामा उत्पत्ति भएको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको नेपाल विश्वविद्यालय विधेयक, २०८० माथी छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने, नेपाल विश्वविद्यालय विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूचि रहेको छ ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements