काठमाडौं । सिद्धार्थ बैंक र मिराबेल रिसोर्ट एण्ड होटल प्रालिबीच सम्झौता भएको छ । दुवैबीच विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको हो ।
सम्झौताअनुसार बैंकका ग्राहकले काभ्रेको धुलिखेलस्थित मिराबेल रिसोर्टमा बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा फुड र बेभरेजका साथै होटल बसाइ सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । सम्झौताले ग्राहकलाई छुट सुविधा दिनुका साथै डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
सो सम्बन्धमा थप जानकारीका लागि बैंकको ग्राहक सेवा केद्र ‘सिद्धार्थ केयर’मा सम्पर्क गरी बुझ्न सकिने बैंकले जनाएको छ । बैंकले डिजिटल भुक्तानीलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न ‘सिद्धार्थ रिवार्ड्स’ लोयल्टी सेवा पनि सञ्चालनमा ल्याइसकेको छ ।







Breaking news with related posts