काठमाडौं । नेपाल डेरी एसोसिएसनले आबद्ध उद्योगीहरूको स्तरोन्नतिका लागि विभिन्न तालिम, गोष्ठी एवं अध्ययन अवलोकन भ्रमण आयोजना गर्दै आएको छ । सोहीक्रममा एसोसिएसनको सुदूरपश्चिम प्रदेशले मेची महाकालीको पाँचदिने अध्ययन अवलोकन भ्रमण सम्पन्न गरेको एसोसिएसनका सुदूरपश्चिम प्रदेश अध्यक्ष भूपेन्द्र थापाले जानकारी दिनुभयो । धनगढीदेखि पूर्वको इलामसम्म पुगेर फर्किएको टोलीले भ्रमणका क्रममा डेरी उद्योग, फार्म, विभिन्न धार्मिक एवं पर्यटकीयस्थल अवलोकनका साथै उद्योगका विषयमा पनि जानकारी आदानप्रदान गरेको टोलीमा सहभागी एसोसिएसनका केन्द्रीय उपाध्यक्ष कर्णबहादुर हमालले बताउनुभयो ।
भ्रमणमा सुदूरपश्चिम प्रदेशका पदाधिकारी एवं सदस्यहरूको सहभागिता थियो । भ्रमण सुदूरपश्चिम प्रदेशको धनगढीस्थित श्रीराम डेरी उद्योगको परिसरबाट सुरु गर्दै लुम्बिनी प्रदेशको तुल्सीपुरस्थित मोर्डन गाई फार्म अवलोकन तथा फार्म सञ्चालक एवं एसोसिएसनका केन्द्रीय उपाध्यक्ष रेशमबहादुर खड्कासँग टोलीले जानकारी लिएको उपाध्यक्ष खड्काले बताउनुभयो ।
सो अवसरमा टोलीले रुरु क्षेत्रको धार्मिकस्थल, इलामको चिया बगान, सिन्धुली गढीलगायत अन्य थुप्रै स्थानको भ्रमणका साथै एसोसिएसनका वरिष्ठ उपाध्यक्ष राजन चिमोरिया सञ्चालक रहेको झापाको धाइजनस्थित रितिका डेरी उद्योग अवलोकन गरेको डेरी एसोसिएसनले जनाएको छ ।
यसरी एक ठाउँबाट अर्को ठाउँ र एक उद्योगबाट अर्को उद्योगमा जाँदा, हेर्दा र कुराकानी गर्दा धेरै कुरा सिक्न र सिकाउन सकिने भएकाले एसोसिएसनले अवलोकन भ्रमणमा जोड दिँदै आएको केन्द्रीय अध्यक्ष प्रल्हाद दाहालले बताउनुभएको छ । टोलीले गत वर्ष बंगलादेश, कतार, इजरायल, भारतलगायतका देश भ्रमण गरेको थियो भने केही महिनाअघि श्रीलंका भ्रमण पनि गएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts