
काठमाडौं । भारतीय अभिनेता नवाजुद्दिन सिद्दिकी शनिबार नेपाल आउनुभएको छ । नेपाली चलचित्र ‘साम्बाला’को प्रिमियर शोमा सहभागी हुन उहाँ काठमाडौं आइपुगेको निर्माण पक्षले जनाएको छ । आज (आइतबार) काठमाडौंमा ‘साम्बाला’को प्रिमियर शो गरिँदै छ । त्यसमा सहभागी हुन बलिउड निर्देशक अनुराग कश्यप पनि आउने तय छ ।
मीनबहादुर भाम निर्देशित चलचित्र हेर्न उहाँहरूलाई विशेष अतिथिका रूपमा बोलाइएको निर्माण पक्षले जनाएको छ । ‘साम्बाला’ यही भदौ २८ देखि सिनेमाघरमा आउँदै छ । चलचित्रमा थिन्ले ल्हामो, कर्मालगायत मुख्य भूमिकामा हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच