बैंकक । थाइल्याण्डको नयाँ प्रधानमन्त्रीका रूपमा पोतोङ्तार्न सिनावात्राले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी पोतोङ्तार्नले थाइल्याण्डका राजा महा वजिरालोंकर्नसँग एक समारोहबीच शपथ लिनुभएको हो ।
पोतोङुतार्नको शपथ ग्रहणसँगै पूर्वप्रधानमन्त्रीलाई पदबाट हटाएको र मुख्य विपक्षी दल विघटन भएको एक महिनाको राजनीतिक गतिरोध अन्त्य भएको छ । पेतोङ्तार्नले शपथपछि सरकारी गाडीमा चढ्नुअघि र सरकारी भवनबाट निस्कनुअघि पत्रकारहरूलाई अभिवादन गरेको भिडियो थाई सञ्चारमाध्यमले देखाएका छन् ।
शपथग्रहणपछि थाई नरेशले आफ्नो नयाँ मन्त्रिमण्डललाई बधाई दिँदै टेलिभिजनमा प्रसारित सम्बोधनमा वजिरालोंकर्नले भन्नुभयो, ‘मलाई विश्वास छ कि तपाईंले आफ्नो कर्तव्यहरू उत्कृष्टताका साथ पूरा गर्नुहुनेछ ।’
राज्यको संवैधानिक अदालतले अगष्टको मध्यमा आपराधिक अभियोग लागेका एक क्याबिनेट मन्त्री नियुक्त गरेको आरोपमा फेउ थाई पार्टीका सेरेथा थाभिसिनलाई बर्खास्त गरेपछि उहाँको स्थानमा पोतोङतार्नलाई नियुक्त गरिएको हो ।
सार्वजनिक प्रसारक थाई पिबीएसका अनुसार पेतोङतार्नको ३६ सदस्यीय मन्त्रिमण्डलमा आठजना महिला छन् । यो जुन थाइल्याण्डका लागि एक रेकर्ड हो । रासस/एएफपी ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts