काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभित्र बस्न लायकको स्थिति सिर्जना गर्ने बताउनुभएको छ ।
शनिवार काठमाडौंमा २१ औं निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशबाट युवाहरु बाहिरिरहेको भन्दै देश बनाउनुपर्ने जिम्मेवारी आफूहरुको भएको बताउनु भयो । उहाँले अरुलाई दोष दिएर नहुने भन्दै भविष्यका लागि राम्रो स्थिति सिर्जना गर्नुपर्ने दायित्व आफूहरुको भएको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले अहिले राम्रो काम गर्नसके भविष्यमा राम्रो बन्ने भन्दै सबैले मिलेर देश बनाउनेमा लाग्न आग्रह गर्नुभयो । उहाँले देशमा सकारात्मक परिवर्तन ल्याउन जनताको जीवनमा सकारात्मक परिवर्तनको अनुभुति दिलाउने गरी काम गरिरहेको बताउनु भयो । देशलाई सबल बनाउने गतिशिलताका साथ काम गर्न कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले देश बनाउनु छ । देश बनाउने हामीले हो । हाम्रा छोराछोरी देशभित्र बस्न छोडेका छन् । देशभित्र बस्न लायकको स्थिति सिर्जना गर्ने हामीले हो । अहिलेका एक्टरहरु हामी हौँ । हामीले अरुलाई दोष लगाएर हुँदैन । यतिबेला हामीले राम्रो काम ग¥यौँ भने भोलिका लागि राम्रो स्थिति बन्छ । त्यसकारण राम्रो स्थिति बनाऔँ । राम्रो काम गरौँ । देशमा सकारात्मक परिवर्तन ल्यऔँ । जनताको जीवनमा सकारात्मक अनुभुति होस् । सेवाग्राहीले अहिलेको सरकार अहिलेको कर्मचारीतन्त्र यि सबैकुरा सकारात्मक छन्, हाम्रा लागि हुन्, हाम्रो सेवा गर्छन् भन्ने अनुभुति गर्न पाउन् । हामीले देशलाई सबल बनाउने गतिशिलता दिएर अघि बढौँ ।’
प्रधानमन्त्री ओलीले जनतालाई पुर्याउने सेवामा कुनैपनि कारणले कमी हुन नदिन निर्देशन दिनुभयो ।
कर्मचारीको तलव वृद्धि गर्नसक्ने अवस्था छैन
प्रधानमन्त्री ओलीले तत्काल कर्मचारीको तलव वृद्धि गर्नसक्ने अवस्था नरहेको बताउनुभएको छ । उहाँले कर्मचारीहरुका समस्याका बारेमा आफू जानकार रहेको भन्दै अहिलेको अर्थतन्त्रले कर्मचारीको तनाखा वृद्धि गर्न नसकिने बताउनु भयो ।
उहाँले अर्थतन्त्र बलियो हुँदा एकैपटक २५ प्रतिशत तनाखा वृद्धि गरिदिएको उल्लेख गर्दै अहिले २५ पैसा पनि वृद्धि गर्नसक्ने अवस्था नरहेको जिकिर गर्नुभयो । उहाँले अहिले मनलाई दह्रो बनाइ कठिनाइहरुको सामना गरेर देश र अर्थतन्त्रलाई अघि बढाउनसके पछि पारिश्रमीक र सुविधा पनि बढ्ने बताउनु भयो । उहाँले नियोजित र प्रायोजित रुपमा सरकारको बिरोध गर्नुलाई केही नगरीकनको बहादुरीका रुपमा लिने गरिएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘कर्मचारीका समस्या आएका छन् । म त अलिकति पैसा भयो भने २५ प्रतिशत तनाखा वृद्धि गरिदिने मान्छे हुँ । पहिला त एकैचोटी वृद्धि गरिदिएको थिएँ । अहिले त यस्तो स्थिति छ की २५ प्रतिशत होइन, २५ पैसा पनि वृद्धि गर्नसक्ने स्थिति छैन । देशको अर्थतन्त्रले गर्न सम्भव छैन । मेरो मनले मात्रै सम्भव हुँदो रहनेछ । अहिले अलिकति हामीले मनलाई दह्रो बनाएर कठिनाइहरु छन्, तिनीहरुको सामना गरेर देश र अर्थतन्त्रलाई अघि बढायौँ भने हाम्रो पारिश्रमीक र सुविधा पनि बढ्छ । सबै चिज बढ्छ । देश जति आर्थिक रुपमा विपन्न हुन्छ, सामाजिक रुपमँ विश्रृंखलित हुँदै जान्छ, राजनीतिक रुपमा अझ भाँडभैलो हुँदै जान्छ त्यसबेला हामी सबै पछि पर्छौं, सबैको स्थिति नराम्रो हुन्छ । अहिले थुप्रो हल्ला चलेको छ, नियोजित र प्रायोजित हल्लाहरु थुप्रै चलाउने गरिएको छ । सरकारको बिरोध केही नगरीकनको बहादुरी भएको छ । सरकारको बिरोध गर्नु भनेको केही पनि नगरीकन प्राप्त हुने बहादुरी हो । हाम्रो संस्कृति, सभ्यता, हाम्रो सामाजिक मूल्यहरु, हाम्रो समाजको कुराहरुलाई कमजोर पार्दै लगिएको छ ।’
प्रधानमन्त्री ओलीले संस्कृति, सभ्यता, सामाजिक मूल्यहरुलाई कमजोर बनाउने काम भइरहेको बताउनु भयो ।
अब समय आएको छ, निजामति सेवा ऐन चाँडै पास हुन्छ
प्रधानमन्त्री केपी शर्मा ओलीले निजामति सेवा ऐन चाँडै संसदबाट पारित गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
उहाँले निजामति सेवा ऐनलाई परिष्कृत बनाउन धेरै भन्दा धेरै छलफल गरी चाँडै पास गर्ने बताउनु भयो । उहाँले सरकारलाई विधेयक पास गर्न कुनै असहजता नभएको उल्लेख गर्दै सरकारले सबैको सहमतिका साथ विधेयक पारित गर्ने बताउनु भयो । उहाँले जिम्मेवार दुई राजनीतिक दलहरु मिलेर बनेको सरकार भएकाले सबैलाई सहमतिमा लिएर विधेयक पारित गर्ने बताउनु भयो । उहाँले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक पनि सबैको सहमतिमा पास गरिएको उल्लेख गर्नुभयो । उहाँले अब निजामति सेवा ऐनलाई ऐनको रुप दिनका लागि विधेयक पारित गरेर अघि बढ्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, उहाँले भन्नुभयो, ‘निजामति सेवा ऐन निर्माण गर्नुछ, विधेयक पास गर्नुछ । यसका निम्ति हामीले छलफल गर्छौं । अहिले सरकारलाई धेरै अफ्ठ्यारो छैन । किनभने सहज बहुमत सरकारसँग छ । यो धेरै तानतुनको होइन, दुई वटा पार्टीको सरकार छ । दुई वटा रेस्पोन्सिबल पार्टीहरुको सरकार छ । देशका लागि लडेका, लोकतन्त्रको लागि लडेका पार्टीहरुको नै सरकार छ । त्यसो भएर त्यति अफ्ठ्यारो छैन संख्याको हिसावले । हामी छलफल गर्छौं कुनैपनि हिसावले अफ्ठ्यारो नहोस् । हामीले टिआरसी बलि जस्तो त पास गर्यौँ, सहमतिले अहिले । हामीसँग बहुमत छ भनेर बहुमतले पास गरेको होइन, आम रुपमा भन्ने हो भने सर्वसम्मतले पास गरेका हौँ । हामी अब निजामति सेवा ऐनलाई ऐनको रुप दिन्छौँ । विधेयक पारित गरेर अघि बढ्छौँ । त्यो संसदमा पेश गरेको अलिक समय भयो होला । तर अब समय आयो भन्ठान्छु म । थुप्रै कुराका लागि समय बलवान हुन्छ भन्छौँ नि म । समय आएको छ ।’
प्रधानमन्त्री ओलीले अब देश बनाउने समय आएको भन्दै अहिलेको समय बलवान रहेको बताउनु भयाे ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts