
काठमाडौं । भारतको नम्बर वान अडियो र वेयरेवल ब्राण्ड वोटले २०७९ फागुनमा नेपाली बजारमा सार्वजनिक भएसँगै निरन्तर सफलता हासिल गर्दै आएको छ । नेपाली बजारमा वोटको व्यापार तुलनात्मक रूपमा चार गुणाले बढेको छ भने आय दोब्बर भएको छ । नेपाली बजारका लागि टेलिटक प्रालिसँग सहकार्य गर्दै आएको वोटले नयाँ प्रविधियुक्त प्रिमियम अडियो र लाइफस्टाइल उत्पादन बजारीकरण गर्दै आफ्नो क्षेत्रीय नेतृत्वलाई अझ सुदृढ बनाउने योजना बनाएको छ ।
वोटले आफ्नो उत्पादनको बढ्दो मागलाई ध्यानमा राखी नेपाली उपभोक्तामाझ नवीन प्रविधि र उच्च गुणस्तरयुक्त उत्पादन प्रदान गर्ने प्रतिबद्धतासाथ टिडब्ल्युएस मोडेल, निर्भाना आइओएन, एयरडप सुप्रिम, एयरडप ९१ का साथ वेभ कल २ स्मार्टवाच र पावर बैंक उपलब्ध गराउँदैछ । वोटका उत्पादन नेपालभर एक हजारभन्दा बढी रिटेल र मोबाइल पसलमा उपलब्ध रहेका छन् ।
ब्राण्डको स्थापनादेखि नै दराजमा एक प्रमुख बिक्रीकर्ताका रूपमा प्रस्तुत भइरहेको छ । कम्पनीका अनुसार दराजमा उपलब्ध वोटका ८० प्रतिशतभन्दा बढी एसकेयुहरूले फोरस्टारभन्दा माथिको रेटिङ प्राप्त गरेका छन्, जसले उपभोक्ता सन्तुष्टि र विश्वासलाई देखाउँछ । वोटले नेपालभर १० भन्दा बढी टच प्वाइन्टबाट ग्राहकलाई वारेन्टीलगायतका विभिन्न सेवा प्रदान गर्दै आएको छ ।
वोटले भदौ २६ सम्म दराजमा वोट द एड डेज नामक ब्राण्ड विक सेल आयोजना गरिरहेको छ । सो अवधिमा ग्राहकले चयन गरेका उत्पादनमा ७० प्रतिशतसम्म छुटका साथै वोटका प्रिमियम अडियो र लाइफस्टाइल उत्पादन किफायती मूल्यमा लिन सक्ने बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच