काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई १९ बुँदे मागपत्र बुझाउनु भएको छ।
शुक्रबार सिंहदरबारमा पूर्वप्रधानमन्त्री डा.भट्टराईले प्रधानमन्त्री ओलीलाई भेटेर टीआरसी ऐनसँग सम्बन्धित आयोग तत्काल गठन गर्नुपर्नेसहित विभिन्न १९ बुँदे मागपत्र बुझाउनु भएको हो ।
‘राजनीतिक परिवर्तनका उपलब्धीहरूको रक्षा गर्दै समाजमा मेलमिलापको माध्यमबाट दिगो शान्ति स्थापना हुनु पर्दछ र संक्रमणकालीन न्यायको विविशाखलाई आत्मसात गर्दै प्रतिष्ठित, सक्षम र सर्वस्वीकार्य व्यक्तिहरूको नेतृत्वमा ‘सत्यनिरुपण तथा मेलमिलाप आयोग’ र ‘बेपत्ता पारिएका व्यक्तिहरूको छानविन आयोग यथाशीघ्र गठन गरिनु पर्दछ,’– उहाँको मागपत्रमा भनिएको छ ।
त्यस्तै, मागपत्रमा विस्तृत शान्ति सम्झौताको मूल मर्म राज्यको अग्रगामी पुनः संरचनामार्फत सशस्त्र द्वन्द्वको कारक तत्वहरूलाई निराकरण गर्ने रहेको भन्दै द्वन्द्वकालीन घटनाहरूको सत्य अन्वेषण गरी न्याय स्थापित गरिनुपर्ने माग पनि छ ।
टीआरसी ऐनसँग सम्बन्धित आयोगमा सशस्त्र द्वन्द्वबाट पीडित परिवारको प्रतिनिधित्व गराउने व्यवस्था गरिनु पर्ने, आवश्यक नियमावली, कार्यविधि र निर्देशिका बनाएर पीडित र उनका परिवारलाई परिपुरणको सुनिश्चिता गर्नुपर्ने लगायतका माग छन् ।











देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता