आर्थिक, सामाजिक र राजनीतिक रुपमा विश्वसनीय वातावरण सिर्जना भएको उर्जामन्त्रीको दाबी

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडाैं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आर्थिक, सामाजिक र राजनीतिक रुपमा विश्वसनीय वातावरण सिर्जना भएको बताउनुभएको छ ।

शुक्रवारबाट काठमाडौंको भृकुटीमण्डमा शुरु भएको तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक अन्तर्राष्ट्रिय प्रदर्शनीको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले दुई ठूला राजनीतिक दलहरुको सरकार रहेको भन्दै नागरिकहरुले पनि विश्वासका साथ लिइरहेको बताउनु भयो । उहाँले अहिलेको सरकारलाई आर्थिक हिसावले मुलुकलाई अघि बढाउनुपर्ने जिम्मेवारी रहेको बताउनु भयो ।

वर्तमान सरकार स्थायी सरकार भएकाले ढुक्क भएर लगानी बढाउन निजी क्षेत्रलाई आग्रह गर्नुभयो । धेरै कम्पनीहरुलाई एकै ठाउँ राखेर मुलुकको आवश्यकताअनुसार मेला सञ्चालन भएको भन्दै यस्ता मेलाले आर्थिक गतिविधि चलायमान बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले मुलुकको लक्ष्य आगामी १० वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने र आन्तरिक खपत बढाउने रहेको बताउनु भयो । उहाँले सरकारको साही लक्ष्यअनुसार नै निजी क्षेत्रले साथ दिनुपर्ने बतउनु भयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो, ‘यति धेरै कम्पनीहरुलाई एकै ठाउँ राखेर आज मुलुकको आवश्यकताका लागि जे प्रयास गर्नुभएको छ । यो अत्यन्तै सह्रानिय छ । अहिले मुलुकको आवश्यकता हामी २८ हजार ५ सय मेगावाट १० वर्षमा विद्युत उत्पादन गर्ने, २० हजार विक्री गर्ने, आन्तरिक खपत बढाउने जुन प्रयत्नमा लागेका छौँ, यस्ता इलेक्ट्रोनिक चिजहरुले यहाँ धेरै कुरा देखेँ । ट्रान्सफर्मर, ट्रान्समिसन लाइन बनाउने कुरादेखि, घरमा उपभोग्य वस्तुहरुको विषयदेखि यि यस्ता घरायसी उपभोग्य वस्तुहरुले हामीलाई आन्तरिक खपत बढाउने सरकारको लक्ष्य जुन छ, त्यसलाई सहयोग पुग्नेछ । यि उपभोग्य वस्तुहरुको अभावमा महिला दिदिबहिनीहरुले घरमा धेरै समय बिताउनुपर्ने अवस्था थियो, त्यो समयको वचत हुनेछ । अहिले यो दुई ठूला दलहरुसमेतको सरकार निर्माण भएको छ । यो स्थायी सरकार हो । आर्थिक हिसावले मुलुकलाई अघि बढाउनुपर्ने अवस्था छ । सामाजिक, राजनीतिक हिसावले विश्वसनीय वातावरण सिर्जना भइसकेको छ । अब आउने र निर्माण हुने कानूनहरुले यथेष्ठ सहयोग पुग्नेछ ।’

यस्ता मेलालो विद्युतको आन्तरिक खपत बढाउने र घरायसी कामका लागि पनि समय वचत हुने विश्वास व्यक्त गर्नुभयो । सरकारले विभिन्न नीति नियमहरुको परिमार्जन र संशोधन गरिरहेको उल्लेख गर्दै आगामी दिनमा झनै सहज र सरल हुने प्रीतवद्धता जनाउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?