भोजपुर । युट्युब च्यानल ‘हेर्ने कथा’ को ‘हराएका वर्षहरु’ का पात्र प्रकाश तामाङका लागि घर निर्माण थालिएको छ । प्रकाशको लागि घर बनाउन शिलान्यास गरिएसँगै निर्माण कार्य सुरु भएको छ ।
भोजपुर षडानन्द नगरपालिका वडा नम्वर १० साम्पाङमा प्रकाशका लागि निर्माण गर्न लागिएको घरको बुधबार शिलान्यास गरिएको थियो । पूर्वमन्त्री तथा संघीय सांसद सुदन किराती र भूतपुर्व गोर्खा सैनिक संघ गेसोका अध्यक्ष कृष्ण कुमार राईसँगै प्रकाशका बुवा आमाले संयुक्तरुपमा नयाँ बन्न लागेको घरको शिलान्यास गर्नु भएको होे । गेसो अध्यक्ष राईले आफ्नो पुर्ख्यौली करिव १५ लाख मुल्य बरावरको सात रोपनी जग्गा प्रकाशलाई घर निर्माणका लागि दिनु भएको छ ।
शिलान्यासमा बोल्नु हुदै संघीय सांसद किरातीले बर्षो देखि हराएर आमाबाबुसँग आउनु भएका प्रकाशलाई शिर राख्नका लागि आफुहरुको पहलमा घर निर्माण गर्न लागिएको बताउनुभयो । उपलब्ध गराईएको जग्गामा माओबादी केन्द्र षडानन्द नगर कमिटीको अगुवाईमा पाँच कोठे घर निर्माण गरिने छ ।संघीय सांसद किरातीको संयोजकत्वमा बनेको टिमले पार्टी कार्यकर्ताबाट श्रमदान तथा आर्थिक सहयोग जुटाउँदै घर निर्माण गर्ने छ ।
लगभग ३३ वर्ष हराएका ४३ वर्षिय प्रकाश तामाङ (काले तामाङ) गत शनिवारभोजपुरको षडानन्द नगरपालिका वडा नम्वर १० साङपाङको छाप्लेगाउँ स्थित बाबु आमामा बस्दै गरेको घर आई पुग्नु भएको थियो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता