काठमाडौं । लेकाली कोर्पसँग नाम जोडेर गोल्याण ग्रुपबारे नकारात्मक समाचार सम्प्रेषण गरिएको भन्दै कम्पनीले आपत्ति जनाएको छ । एक प्रतिष्ठित सञ्चार माध्यमले भदौ २ गते आफ्नो वेबसाइटमा गोल्याण ग्रुपको लेकाली कोर्पसँग नाम जोडी समाचार प्रकाशन गरेको र भदौ १९ मा आफ्नो दैनिक प्रिन्ट संस्करणमा समेत सोहीबमोजिम समाचार सम्प्रेषण गरेको भन्दै कम्पनीले आपत्ति जनाएको हो ।
गोल्याण ग्रुपको लेकाली कोर्पसँग कुनै पनि सम्बन्ध र सहकार्य नरहेको पनि कम्पनीले स्पष्ट पारेको छ । असत्य तथा भ्रामक समाचारका कारण यस गोल्याण ग्रुपको प्रतिष्ठा, मर्यादा र ख्यातिमा ठूलो नकारात्मक प्रभाव पार्न सक्ने र गलत समाचारले पत्रकारिताको विश्वसनीयतामा समेत धक्का लाग्न सक्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts