काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले महिला सशक्तिकरणको लागि सरकारले आवश्यक काम गरिरहेको बताउनुभएको छ ।
मंगलवारको राष्ट्रिय सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले महिलाहरु विदेश वा आफ्नै देशमा पीडित रहेका भन्दै उनीहरुमाथि दुव्र्यवहार हुन नहुने बताउनु भयो । उहाँले महिलाहरुका लागि प्रत्येक प्रदेशमा एउटा आश्रयस्थल बनाइरहेको बताउनु भयो । मधेस प्रदेशमा काम अघि बढिसकेको र वागमतीमा जग्गाका कारण केही रोकिएको भएपनि छिटै शुरु गर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘महिलाहरु विदेश वा आफ्नै देशमा पीडित छन्, जसको साथ दुव्र्यवहार भएको छ, एडिबिको सहयोगले प्रत्येक प्रदेशमा एउटा एउटा आश्रयस्थल बनिरहेको छ । यसको काम कति प्रदेशमा अघि बढिसकेको छ । मधेस प्रदेशमा शुरु भइसकेको छ । वागमती प्रदेशमा अलिकति जग्गाको कारणले रोकिएको छ । हामी छिटै शुरु गर्नेछौँ । यो १८ करोडको योजना छ । महिला सशक्तिकरणको लागि जे जति गर्नुपर्ने हो हामी गर्नेछौँ ।’
मन्त्री सुडीले नियमावलीले व्यवस्था गरेको महिला समिति गठन गर्ने प्रक्रिया अघि बढाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता