सबै दलको सहमतिमा संविधान संसोधन हुन्छ : गृहमन्त्री लेखक

भाेजराज रोस्यारा कैलाली, संवाददाता
भाेजराज रोस्यारा कैलाली, संवाददाता
Read Time = 4 mins

कैलाली । नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री रमेश लेखकले सबै दलको सहमतिमा संविधान संसोधन हुने बताउनु भएको छ । नेपाल प्रेस युनियन कैलालीले धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले केहि ढीलो भएपनी सबै दलको सहमति गरेरै संसोधन हुँने बताउनु भएको हो ।

गृहमन्त्री लेखकले सबिंधान संसोधन गर्दा संघीय लोकतान्त्रीक ब्यवस्था र समावेशितालाई प्रतिकुल हुने गरी काम गरिने बताउनु भयो । कांग्रेस एमालेको मात्रै नभएर अन्य सबै दलहरुको राय सुझाव र सहमतिका आधारमा सबिंधान संसोधन हुने उहाँको भनाई थियो ।

गृहमन्त्री लेखकले भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कामय गर्ने तथा संविधानको अभ्यासको क्रममा देखिएका सरलता र जटिलताको समिक्षा गरेर संविधानको संशोधन गर्ने पनि अहिलेको सरकारको उद्देश्य रहेको बताउनु भयो । गृहमन्त्री लेखकले अहिलेको सरकार विशिष्ट परिस्थितिमा बनेको बताउनु भयो । ‘सामान्य रुपमा देशको पहिलो र दोस्रो ठुलो दल मिलेर सरकार बनाउने कुरा हुँदैन,’ मन्त्री लेखकले भन्नुभयो, ‘तर, विशिष्ट परिस्थितिमा यस्तो भएको र यसले विशिष्ट परिणाम पनि दिएको छ । सशस्त्र संघर्षलाई मिलेर शान्ति प्रक्रियामा ल्याउन, अन्तरिम र नेपालको संविधान बनाउन हामी मिलेका बताउनु भयो ।

ADVERTISEMENT

अहिले दुई ठुला दल मिलेर सरकार निर्माण हुँदा सुखद परिणाम प्राप्त भइरहेको उहाँको भनाई थियो । ‘अहिले पनि हामी एउटा विशिष्ट परिस्थितिमा मिलेका हौं,’ उहाँले भन्नुभयो, ‘मुलुकमा राजनीतिक स्थिरता नभएपछि केन्द्रमा प्रधानमन्त्री र प्रदेशमा मुख्यमन्त्रीले प्रत्येक महिना विश्वासको मत लिनुपर्ने बाध्यता थियो । स्थिर सरकार दिन र स्थिर समिकरण निर्माण गर्ने हाम्रो मुख्य उद्देश्य हो ।’

अहिलेको सरकारले सकारात्मक परिणाम दिन थालेको बताउँदै उहाँले १८ वर्षदेखि संक्रमकालिन न्यायको विषय निष्कर्षमा पुग्न नसकेकोमा सरकार बनेको केही समयमै निष्कर्षमा पुगाएको बताउनुभयाे । उहाँले सत्य निरुपण तथा मेलमिलाप आयोग पनि छिट्टै गठन हुने बताउनु भयो । मन्त्री लेखकले वर्तमान सरकार बनेपछि अहिले अर्थतन्त्र पनि लयमा फर्किरहेको बताउनु भयो ।

जिवी राई कहिले पक्राउ पर्छन ? भन्ने पत्रकारको जिज्ञासमा मन्त्री लेखकले सबै कुरा कानूनअनुसार अगाडि बढ्ने बताउनु भयो । संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आइजीपी बसन्त कुँवरका विषयमा दिएको अभिव्यक्तिबारे आफूले मन्त्री गुरुङसंग कुराकानी गरेको लेखकले बताउनु भयो । ‘उहाँले कुनै सन्दर्भमा भनेको हुँ र सामान्य विषयमै भनिएको र बाहिर आएजस्तो हाइन भन्नुभएको छ,’ मन्त्री लेखकले भन्नुभयो । गृहमन्त्री लेखक कैलाली र कञ्चनपुरको तिन दिने विभिन्न कार्यक्रमका लागि आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज