काठमाडौं । चलचित्र ‘दुखी आत्मा’ मा अभिनेता अनुपविक्रम शाही अनुबन्धित हुनुभएको छ । यही २४ भदौबाट छायांकनमा जान लागेको चलचित्रमा केही समयअघिनै दयाहाङ राई र आँचल शर्मा अनुबन्धित् भइसक्नुभउको छ । कथाको माग अनुसारको चरित्र चयन गर्ने क्रममा अनुपविक्रम फिट लागेकाले उहाँलाई लिइएको चलचित्रका लेखकसमेत रहनुभएका निर्देशक दीपेन्द्र लामाले जानकारी दिनुभयो ।
क्लक वर्क कृएसन्सको ब्यानरमा हिमाल कडरिया निर्माता रहेको यो चलचित्रलाई आलोक शुक्लाले छायांकन गर्दै हुनुहुन्छ । निर्देशक दीपेन्द्र र निर्माता हिमालले यसअघि निर्माण गरेको ‘नांगो गाउँ’ सुपरहिट भएको थियो । ‘दुखी आत्मा’ उहाँहरूको दोस्रो सहकार्य हो । दयाहाङ र अनुपविक्रम भने ‘वीर विक्रम’ र ‘लप्पन छप्पन’ पछि ‘दुखी आत्मा’मा सँगै अभिनय गर्न लाग्नुभएको हो ।
सोसियल कमेडी जनरामा निर्माण हुने यो चलचित्रमा दयाहाङ, आँचल, अनुपविक्रमका साथमा बुद्धि तामाङ, पुस्कर गुरुङ, कविता आले, शिसिर वाङ्देल, आशान्त शर्मा, लोकेन्द्र लेखक, अंकित खड्का, लुनिभा तुलाधर, आरती आचार्य, निमा पाण्डे, इंगीहोपो कोइच सुनुवार, यासेली योङहाङलगायत कलाकारको अभिनय रहने निर्माणपक्षले जनाएको छ । चलचित्रका गीतमा सुशान्त गौतमको संगीत र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा