
हेटौंडा। पतञ्जलि योग जिल्ला समिति मकवानपुरको आयोजना तथा पतञ्जलि योग महिला समिति, पतञ्जलि योग युवा समिति, पतञ्जलि योग हेटौंडा नगर समितिको सहआयोजना एवम् हेटौंडा-१० वडा कार्यालयको प्रवद्र्धनमा उक्त वडाका टोलहरुमा योगशिक्षक तालिम शुरु भएको छ ।
आदर्शटोल, डा टोनी हेगन स्मृति पार्क, न्युरेनी र भुटनदेवी योगसाधना केन्द्रमा शनिबारदेखि सहयोग शिक्षक तालिम सुरु भएको हो । गरौं योग(रहौं निरोग’ भन्ने नारासाथ सुरु सहयोग शिक्षक तालिममा पतञ्जलि योग समिति मकवानपुर अध्यक्ष रामकृष्ण थापा, महिला समिति अध्यक्ष शशिकला थापा, टोनी हेगन स्मृति पार्क अध्यक्ष इन्द्र नेपाललगायतले प्रशिक्षण सहजीकरण गर्ने तालिम निःशुल्करुपमा प्रदान गरिएको जिल्ला अध्यक्ष थापाले बताउनुभयो ।
सबभन्दा ठूलो धर्म मानिसलाई स्वस्थ्य बनाउनु हु“दा पतञ्जलि योग समिति दशकौंदेखि योगसाधना क्षेत्रमा लागिपरेको बताउँदै उहाँले भन्नुभयो (प्रतिकूल मौसमका कारण मानिसमा नयाँ रोग तथा महामारीले चुनौती दिइरहेकाले यसबाट बच्न योग नै प्रमुख माध्यम हो । करिब १५ वर्षदेखि पतञ्जलि योग जिल्ला समिति मकवानपुरबाट निरन्तर योगसाधना र ध्यान जस्ता प्रशिक्षण सञ्चालन भइरहेका छन् । ती कार्यक्रम नियमति सञ्चालन हुने भएकाले स्वास्थ्य निःशुल्करुपमा प्राप्तिका लागि सम्पूणर्मा सहभागिताका लागि महिला अध्यक्ष शशिकला थापाले अनुरोध गर्नुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच