स्कुटर दुर्घटनामा चालकको मृत्यु

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 1 min

पाल्पा ।  पाल्पाको रामपुरमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्युु भएको छ ।

सोमबार विहान रामपुर नगरपालिका –१० बर्दलेस्थित कालिगण्डकी करिडोर पक्कि सडक खण्डमा बर्दलेबाट रामटारतर्फ जाँदै गरेको लु ४४ प २४३९ नम्बरको स्कुटर दुर्घटना हुँदा रामपुर–१० गेझाका ४० वर्षीय यमबहादुर खरु मगरको मृत्यु भएको हो ।

ADVERTISEMENT

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि रामपुर अस्पताल लगिएकोमा चेक जाँचपछि डाक्टरले मृत घोषण गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

स्कुटर आफैँअनियन्त्रित भई सडक किनारमा रहेको डिभाईडरको पोलमा ठोक्किन गई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?