काठमाडौं । अमेरिकाको मेरील्यान्डमा नेपाली युवक मृत भेटिनुभएको छ ।
अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आउनुभएका ४७ वर्षी शान्तलाल प्रधान मृत भटिनुभएको नेपाली पत्रकारहरुले अमेरिकामा संचालन गरिरहेको पोर्टल नेपयोर्कले उल्लेख गरेको छ । उहाँ गत अगस्त २७ मा मृत फेला परेको बताइएको छ ।
प्रधानका पत्नीका साथै एक छोरी र एक छोरा हुनुहुन्छ । उनको शव नेपाल फर्काउन गोफण्डमी क्याम्पेन शुरु गरिएको छ । मृत्युको कारण पत्ता नलागेको बताइएको छ ।
यसअघि अमेरिकाको ह्युष्टनमा २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेको हत्या भएको थियो । पाण्डेमाथि गोली हानी हत्या गरेको आरोपमा ५१ वर्षीय बबीसिंह शाह पक्राउ परेका छन् ।








Video News Post
Breaking News with Advertisements
Breaking news with related posts