
काठमाडौं । नाडा अटो शो २०२४ मा ट्राइम्फ मोटरसाइकलप्रति आकर्षण देखिएको छ । हालसम्म १५० भन्दा बढी संख्यामा भएको मोटरसाइकल बुकिङले ट्राइम्फकोे नेपाली बजारमा रहेको आफ्नो उपस्थिति झल्काएको कम्पनीले जनाएको छ । नेपालमा ट्राइम्फ मोटरसाइकलको आयात हंसराज हुलास चन्द एण्ड कम्पनी प्रालिले गर्दै आएको छ । कम्पनीको ट्राइम्फसँगको साझेदारीले नेपाली ग्राहकलाई ट्राइम्फका मोटरसाइकलमा पहुँच सुनिश्चित गरेको छ । नाडा अटो शोमा ट्राइम्फका नयाँ स्क्रेम्बलर ४०० एक्स र स्पिड ४०० सार्वजनिक गरिएको थियो ।
मोटरसाइकलप्रेमीको उत्साहजनक प्रतिक्रिया र अत्यधिक बुकिङले नै ट्राइम्फको लोकप्रियताले ग्राहकवर्गको विभिन्न आवश्यकता पूरा गर्ने तथा उच्चस्तरका मोटरसाइकल प्रदान गर्ने ब्राण्डको प्रतिबद्धता प्रष्ट बनाएको कम्पनीको भनाइ छ । गोल्छा ग्रुपका डाइरेक्टर अभिमन्यु गोल्छाले भन्नुभयो, ‘यस उपलब्धिले हामीलाई निकै गर्वित बनाएको छ । नाडा अटो शोमा पाएको अतुलनीय प्रतिक्रिया र १५० युनिट बुकिङ पुग्नुले मोटरसाइकल उत्साहीहरूको ट्राइम्फ ब्राण्डप्रतिको विश्वास झल्काएको छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच