काठमाडौं । टिभिएस मोटर कम्पनीका लागि नेपालको एकमात्र आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले एनटर्क डिस्क बिएस सिक्स एफआई सार्वजनिक गरेको छ । नाडा अटो शोमा मिस युनिभर्सका शीर्ष २२ प्रतियोगीमार्फत् संयुक्त रूपमा एनटर्कको नयाँ भेरियन्ट सार्वजनिक गरिएको हो ।
एनटर्क डिस्क बिएस सिक्स एफआईमा रहेको अत्याधुनिक प्रविधि र आरटिएफआई बिएस सिक्स प्रणालीले उत्कृष्ट माइलेज प्रदान गर्ने कम्पनीको दाबी छ । उक्त भेरियन्टमा रहेको स्मार्ट एक्स कनेक्टअन्तर्गत कलर आइडी, नेभिगेसन असिस्ट, ब्लुटुथ र एसएमएस अलर्ट पनि उपलब्ध छन् ।
साथै ब्रेक लक, स्ट्याण्ड सेन्सर, लास्ट पार्क लोकेसन र इमर्जेन्सी लाइट जस्ता सुविधासमेत रहेका छन् । एनटर्क डिस्क बिएस सिक्स एफआईको मूल्य दुई लाख ७९ हजार नौ सय रुपैयाँ रहेको छ । अन्य ब्राण्डका ११० सिसीको मूल्य जति नै मूल्य रहेको एनटर्क १२५ सिसीको नयाँ भेरियन्ट यति धेरै फिचर साथ लन्च गर्न पाउनु ठूलो उपलब्धि भएको कम्पनीको भनाइ छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता