काठमाडौं । पर्यटक बस व्यवसायीहरूको छाता संस्था टुरिष्ट बस एसोसिएसन अफ नेपाल (टिवान)को काठमाडौंमा सम्पन्न १३औँ वार्षिक साधारणसभा र सातौँ अधिवेशनले भीष्मप्रसाद न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
नवनिर्वाचित अध्यक्ष न्यौपाने चितवन सफारीका प्रबन्ध निर्देशक हुनुहुन्छ । प्रथम उपाध्यक्षमा दीपक भट्टराई, द्वितीय उपाध्यक्षमा अशोक अर्याल, महासचिवमा प्रकाशचन्द्र अधिकारी र कोषाध्यक्षमा चिरञ्जीवी गिरी रहेका छन् ।
सदस्यमा रमेश पौडेल, सुजन दाहाल र छविलाल घिमिरे रहेका टिवानले जनाएको छ । नवनिर्वाचित अध्यक्ष न्यौपानेले आफ्नो कार्यकालमा मुलुकको संघीय राजधानी काठमाडौंमा पर्यटक बसपार्क निर्माणका लागि पहलका साथै पर्यटक बस सञ्चालनका क्रममा देखिएका समस्या समाधानको पहल गर्ने बताउनुभएको छ ।






