
भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुर दरवार क्षेत्रको अवलोकन भ्रमण र स्थानीय तलेजु भवानी र भैरवनाथको पूजाअर्चना गर्नु भएको छ । शुक्रवार बिहान करिब ११ बजे उहा धर्मपत्नी एवं प्रथम महिला सविता पौडेलका साथ सुटुक्क भक्तपुर आउनु भयो र अवलोकन एवं पूजा अर्चना गर्नु भएको छ ।
कुनै तामझाम र औपचारिक कार्यक्रम बिना आउनु भएकका राष्ट्रपति पौडेलले दरवार संग्रहालय र तस्मारीस्थित ङातापोला ९पाँच तले मन्दिर० को पनि अवलोकन गर्नु भएको छ ।
भक्तपुरमा करिब १ घण्टा ३० मिनेट बिताउनु भएका राष्ट्रपति पौडेललाई भक्तपुरका प्रतिनिधि सभा सदस्य दुर्लभ थापा र सिडिओ रोशनीकुमारी श्रेष्ठले स्वागत गर्नु भएको थियो । सो अवसरमा मध्यपुर थिमिका नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठ र चाँगुनारायण नगरपालिका प्रमुख जीवन खत्रीको उपस्थिति रहनु भएको थियो ।
भक्तपुर नगरपालिकाको तर्फबाट गौतम लासिवाले राष्ट्रपति पौडेललाई दरवार क्षेत्रका बिबिध सम्पदा बारे बताउनु थिए भने गुठी सस्थान भक्तपुरकी प्रमुख खिमा ओलीले पूजाअर्चनाको ब्यवस्था मिलाउनु थियो ।
“सार्वजनिकस्थलमा राष्ट्रपति”भन्ने कार्यक्रम शुरु गरिएको र सोही अन्तर्गत पहिलो कार्यक्रम भक्तपुरमा सम्पन्न गरिएको राष्ट्रपति पौडेलका प्रमुख प्रेस सल्लाहकार किरण पोखरेलले जनाउनु भएको छ । राष्ट्रपतिलाई जनतासंग जोड्न कार्यक्रमले सहयोग गर्ने उहाले बिश्वास ब्यक्त गर्नु भयो।
राष्ट्रपति पौडेलकी छोरी एवं स्वकीय सचिव अध्यक्षता पौडेलले राष्ट्रपति पौडेलले धार्मिक, सांंस्कृतिक एवं पर्यटकीय नगर भक्तपुरको भ्रमणप्रति आनन्द अनुभूति गर्नुभएको बताउनु भयो।
औपचारिक कार्यक्रम नभएकोले भिडभाड नभएको र आम नागरिक जस्तै राष्ट्रपति पौडेलले भक्तपुर अवलोकन गरेको देख्दा स्थानीय र पर्यटकहरु अचम्मित थिए । राष्ट्रपति पौडेलले स्थानीय संग कुराकानी गर्नुका साथै स्थानीयको गुनासो समेत सुन्नु भएको थियो ।
अनौपचारिक कार्यक्रम भएकोले नजिक आउन चाहने र कुरा राख्न खोज्ने सर्वसाधारणलाई नरोक्न उहाले सुरक्षाकर्मीलाई निर्देशन दिनु भएको थियो ।
-बाबुराम दाहाल
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच