इङवा हाइड्रोपावरको आईपिओ आजबाट निष्काशन

Read Time = 2 mins

काठमाडौं । इङवा हाइड्रोपावरले वैशाख १३ गतेदेखि सर्वसाधारणका लागि आईपिओ निष्काशन गरेको छ ।

कम्पनीले स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपिओ जारी गरिसकेको छ ।

यस आईपिओमा वैशाख १७ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा वैशाख २७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीले १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपिओ जारी गरेको हो ।

ADVERTISEMENT

त्यस्तै, सामूहिक लगानी कोष ५ प्रतिशत अर्थात् ७४ हजार ६५८ कित्ता र कर्मचारीका लागि २ प्रतिशत अर्थात् २९ हजार ८६३ कित्ता छुट्याइएको छ । बाँकी १२ लाख ६८ हजार ६३९ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यसमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ रेटिङ एजेन्सी केयर नेपालले इङवा हाइड्रोपावरको आइपीओलाई केयर एनपी इस्यूअर रेटिङ डबल बी रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहेको संकेत गर्छ ।

यो आईपिओमा एनआइसी एसिया क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज