काठमाडौं । सरकारले दिनेश डिसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले डिसीलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।
बैठकमा सहभागी एक मन्त्रीका अनुसार बोर्डको चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिका लागि लागि तीन जनाको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस भएको थियो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार डिसीसँगै, दीपा पाण्डे र राजेश थापाको नाम पनि सिफारिस भएको थियो । सिफारिस नाम मध्ये मन्त्रिपरिषद् बैठकले दिनेश डिसीलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।
डिसी फिल्म निर्देशक, अभिनेता तथा संचारकर्मीसमेत हुनु हो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts