काठमाडौं । ज्यानु-वसन्तराज मिश्र फाउन्डेसनले तीन विधामा पुरस्कार अर्पण गरेको छ । फाउन्डेसनले बिहीवार काठमाडौंमा एक विशेष समारोहबीच वातावरण संरक्षण, शिक्षा र पत्रकारिता विधामा पुरस्कार अर्पण गरेको हो । समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले पुरस्कार अर्पण गर्नुभएको थियो ।
सुरज कुँवरलाई पर्यटन पत्रकारिता पुरस्कार, लोकराज मिश्र वातावरण संरक्षण पुरस्कार ‘एन्टी पोचिङ युनिट’, चितवन राष्ट्रिय निकुञ्ज कसरालाई दिइएको छ भने दुर्गादेवी मिश्र शिक्षा पुरस्कार बाघखोर अमलटारी नवलपरासीस्थित दुर्गा भवानी प्राथमिक विद्यालयलाई दिइएको छ । यी पुरस्कारको राशि जनही तीन लाख रुपैयाँ रहेको छ ।
२०७८ मङ्सिर २४ गते स्थापना भएको फाउन्डेसनको संस्थापक अध्यक्ष वसन्तराज मिश्र र संस्थापक ज्यानू मिश्र रहनुभएको छ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ विशेष सल्लाहकार रहनुभएको छ ।
संस्थाका ट्रस्टिजमा मनदेवी भण्डारी, क्याप्टेन रामेश्वर थापा, आर्टिटेक्ट अरुण पन्त, पत्रकार प्रतीक प्रधान, मधु आचार्य, पियुष मिश्र, ब्रजेश मिश्र तथा रीता जे प्रधान रहनुभएको छ । संस्थाको सचिव भने राजेन्द्रकुमार महर्जन हुनुहुन्छ ।






