
काठमाडौं । अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स (आइसिसी) नेपालको विशेष साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्ष राजेशकाजी श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । निवर्तमान अध्यक्षमा सुरेन्द्रवीर मालाकार, वरिष्ठ उपाध्यक्षमा लोकमान्य गोल्छा, संघ-संस्थातर्फको उपाध्यक्षमा दिनेश श्रेष्ठ, लिमिटेड कम्पनीतर्फबाट उपाध्यक्षमा गणेश कार्की, बैंकिङ क्षेत्रको उपाध्यक्षमा सुनिल केसी, इन्स्योरेन्स क्षेत्रको उपाध्यक्षमा चंकी क्षेत्री, एसोसिएट कम्पनीतर्फबाट उपाध्यक्षमा राजेन्द्र अर्याल, पदेन उपाध्यक्ष राजेन्द्र मल्ल, मानार्थ उपाध्यक्षमा लाक्पा सोनाम शेर्पा रहेका छन् । महासचिवमा नरेशप्रसाद श्रेष्ठ, कोषाध्यक्षमा कुशप्रसाद मल्ली तथा सचिव रामशरण भण्डारी र रेखा घिमिरे रहेका छन् ।
त्यस्तै सदस्य ज्ञानेन्द्र ढुंगाना, अशोक शेरचन, अशोक अग्रवाल, मीनबहादुर गुरुङ, अर्जुनप्रसाद शर्मा, सुदेश खालिङ, रमेश शर्मा, सुदर्शन चापागाईं, सञ्जय अग्रवाल, उर्मिला श्रेष्ठ, सुुसन कर्माचार्य, देशबन्धु बस्नेत, पवित्रकुमार कार्की, रविचन्द्र सिंह, विजय श्रेष्ठ, त्रिभुवनधर तुलाधर, सुजन श्रेष्ठ, विप्लव पौडेल, दीपककुमार श्रेष्ठ तथा पोषकराज पौडेल रहेका आइसिसी नेपालले जनाएको छ ।
सन् १९१९ मा फ्रान्सको पेरिसमा स्थापित विश्वका व्यवसायीहरूको सर्वोच्च संस्था र एक सय ७० देशका करिब चार लाख ५० हजार सदस्य भएको आइसिसी नेपाल राष्ट्रिय समितिको विशेष साधारणसभामा आइसिसी नेपालका नवनिर्वाचित अध्यक्ष श्रेष्ठले नेपालमा व्यावसायिक वातावरण निर्माणका लागि आइसिसी नेपालले सरकार, रोजगारदाता, बैंक र वित्तीय क्षेत्र एवं कानुन निर्माता, विभिन्न व्यावसायिक संघहरूसँग मिलेर समन्वयात्मक ढंगमा कार्य गर्नुका साथै आइसिसीलगायत विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीको ध्यान नेपालमा लगानी प्रवद्र्धन गर्न तथा नेपालबाट निर्यात प्रवद्र्धनका साथै पर्यटन प्रवद्र्धनमा जोड दिने बताउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच