
रुपन्देही । जलवायु परिवर्तन, पेट्रोलियम पदार्थको सीमितता र बढ्दो वायु प्रदुषणका कारण विद्युतीय सवारीको प्रयोग बढ्दो छ । शहरलाई प्रदुषणमुक्त बनाउन वातावरणमैत्री सवारी साधन सञ्चालनका लागि बुटवल उपमहानगरपालिका, एशियाली विकास बैक एडीबी र स्थानीय व्यवसायीहरुका बीचमा छलफल भएको छ । बुधबार बुटवल उपमहानगरपालिकामा भएको छलफलमा तीन पक्षले विद्युतीय सवारी साधनलाई प्राथमिकता दिदै जानेमा सहमति जनाएका छन् ।
शहरी क्षेत्रको वातावरणीय प्रदुषण क मगर्न र मागभन्दा बढी हुने विद्युत खपत बढाउनका लागि विद्युतीय सवारीको प्रयोगलाई प्राथमिकता दिनुपर्ने बहस चलिरहेको बेला बुटवलमा यसको पहल थालिएको हो । विद्युतीय सवारी साधनको प्रयोगलाई प्राथमिकता दिने गरी बुटवल उपमहानगरपालिका, एडीबी र व्यवसायीकाबीचमा साझेदारी गर्ने गरी पहिलो चरणको छलफल सकिएको छ ।
छलफलले विद्युतीय सवारी सञ्चालनका मोडलहरु, व्यवसायीलाई दिन सकिने सहुलियत र चार्जिङ तथा मर्मत स्टेशनहरुका बारेमा एकमत व्यक्त गर्दै थप अध्ययनपछि दोश्रो चरणको छलफल गर्ने निष्कर्ष निकालेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले वताउनु भयो।
उहाका अनुसार देशमै सबैभन्दा धेरै सवारी साधन भएकोमध्येको शहर बुटवलबाट यसको शुरुवात गर्ने गरी एडीबीले निश्चित लगानीमा बुटवल उपमहानगरपालिकाले प्रोत्साहन गर्ने र व्यवसायीहरुले लगानी गरेर विद्युतीय सवारी सञ्चालन गर्ने खालको मोडलमा जान सकिने उहाले बताउनु भयो । बुटवलबाट छुट्ने सवारीहरुलाई पर्यटकीय स्थलहरुमा पुर्याउने र नियमित सवारी सञ्चालनलाई थप व्यवस्थित गर्ने गरी कुराकानी भएको प्रमुख पाण्डेयले बताउनु भयो ।
छलफलमा सहभागी एडीबीका नेपाल आवासीय मिसनका लिडर अरुण रामामुर्तिले धेरै सवारीको चाप भएको बुटवलबाट विद्युतीय सवारी साधन सञ्चालन गर्ने गरी बुटवल उपमहानगरपालिका र स्थानीय व्यवसायीहरुसँगको छलफल सकारात्मक भएको बताउनु भयो । उहाले एडीबीले निश्चित लगानी गरेर यसमा प्रोत्साहन गर्न खोजिरहेको बताउनु भयो । विद्युतीय सवारीहरुको उपयोग विश्वव्यापी रुपमा बढ्दै गएको भन्दै उहाँले वातावरणमैत्री भएकाले पनि यसको उपयोगमा चासो बढिरहेको बताउनु भयो ।
पश्चिम नेपाल बस व्यवसायी प्रालिका प्रबन्ध सञ्चालक रामचन्द्र भुसालले पूराना गाडी विस्थापित गरेर नयाँ गाडी ल्याउँदा विद्युतीय सवारी ल्याउने र यसमा एडीबी र बुटवल उपमहानगरपालिकाको समेत साथ रहने कुरा सकारात्मक रहेको बताउनु भयो । उहाँले एडीबी र बुटवल उपमहानगरपालिकाको योजनामा सहभागी हुन इच्छुक रहेको बताउनु भयो।
छलफलमा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्याल, प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनाल, एडीबीका सिनियर प्रोजेक्ट अफिसर हेमन्त तिवारी, एडीबीका प्रतिनिधिहरु ग्लोरिया गेरिल्ला टेकनोमो, ओली नोरोजोनो, गुरुदत्त अधिकारी, रोम भट्टराईलगायत सहभागी रहनु भएको थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच