
मुगु । मुगु जिल्लाको सदरमुकाम गमगढी बजारको लागि वितरित खानेपानीमा शुद्ध गर्नका लागि पानी शुद्धिकरण मेसीन जडान गरिएको छ ।
पानीजन्य रोग न्युनिकरणका लागि खानेपानी ट्याङ्घीमा पानी शुद्धिकरण गर्ने क्लोरिननेशन सिस्टम मेसीन जडान गरिएको हो ।
युनिसेफ नेपालको आर्थिक सहयोगमा छायाँनाथ रारा नगरपालिकाको लागत साझेदारीमा सदरमुकाम गमगढी बजार र छायाँनाथ रारा नगरपालिका ४ भामवाडा गाउँको खानेपानि ट्याङ्घीमा पानी शुद्धिकरण गर्ने क्लोरिननेशन सिस्टम मेसीन जडान गरिएको छ ।
बर्खा सिजनमा पानि फोहोर हुन सक्ने र पानिजन्य रोगबाट बच्न पहिलो चरणमा तिन वटा ट्याङ्घीमा पानी शुद्धिकरण गर्ने क्लोरिननेशन सिस्टम मेसीन जडान गरिएको छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णुकुमार भामले बताउनु भयो ।
उहाँका अनुसार यस पछि पनी युनिसेफ नेपालको आर्थिक सहयोगमा छायाँनाथ रारा नगरपालिकाको लागत साझेदारीमा अन्य गाउँमा निमार्णधिन खानेपानी धारामा पानी शुद्धिकरण गर्ने क्लोरिननेशन सिस्टम मेसीन जडान गरिने छ ।
गमगढी र भामवाडा खानेपनी को लागि तिन वटा पानी शुद्धिकरण गर्ने क्लोरिननेशन सिस्टम मेसीन ७ लाख ८५ हजारमा खदिर गरी दश प्रकारका पानी शुद्धिकरण गर्ने सामाग्रीका साथ खानेपानिका ट्याङ्घीमा मेसीन जडान गरीएको बताइएको छ ।
बुधबार नगर प्रमुख बिष्णु कुमार भाम, नगर उप प्रमुख ऐश्वर्य मल्ल र गमगढी खानेपानि उपभोक्ता समितिका अध्यक्ष गोर्ख बहादुर मल्लले संयुक्तरुपमा पानी शुद्धिकरण गर्ने क्लोरिननेशन सिस्टम मेसीन जडानको अवलोकन गर्नुका साथै मेसीनको उद्धघाटन गर्नु भएको थियो ।
गमगढी खानेपानि उपभोक्ता समिती मार्फत वितरित खानेपानी उपभोग गर्ने उपभोक्ता गमगढी बजारमा करिव ४ सय २० घरधुरी रहेका छन भने भामवाडा गाउमा खानेपानि प्रयोग गर्ने उपभोक्ता २ सय २० घरधुरी रहेका छन् ।
नगरपालिकाले पानी शुद्धीकरण गर्ने मेसिन जडान गरेपनी गमगढीबासिले पर्याप्त मात्रामा कहिल्यै खानेपानी पिउन र प्रयोग गर्न पाएका छैनन । यहाँका उपभोक्ता खानेपानीको लोडसेडिङ्गको मारमा लामो समय देखि पर्दै आएका छन् ।
देश संघीयतामा गएदेखि गमगढि खानेपानीको स्रोत थप,लाइन विस्तार,ठुला क्षमताका रिजर्भवायर ट्याङ्ग्की निर्माणमा तिनै तहका सरकारले ध्यान नदिदा आथिक अभावमा गमगढी वजारमा खानेपानी समस्या बढदै गएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच