
काठमाडौं । चीनको अग्रणी अटोमोबाइल निर्माता गिली गु्रपअन्तर्गतको प्रिमियम लक्जरी इभी ब्राण्ड जिकरले नेपालमा जिकरका गाडी बिक्रीका लागि पायोनियर मोटोकर्प प्रालिसँग सम्झौता गरेको छ । चीनको हाङजोउमा भदौ ५ गते उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।
सो अवसरमा निर्माता पक्षबाट जिकर युरोएसियाका महाप्रबन्धक जेफ काओ, जिकर साउथका क्षेत्रीय निर्देशक फेलिक्स हु र जिकर युरो एसियाका क्षेत्रीय मार्केटिङ निर्देशक रान्डोल लेङ उपस्थित थिए । नेपालबाट पायोनियर मोटोकर्प प्रालिका प्रबन्ध निर्देशक सन्दीपकुमार शारडा र निर्देशक गौरव शारडाको उपस्थिति रहेको थियो ।
कम्पनीका अनुसार अटोमोटिभ तथा मोबिलिटी क्षेत्रमा एक नयाँ अध्याय र एक महत्वपूर्ण अलायन्स सुरुवातको उत्सवस्वरूप ‘स्याम्पेन टोस्ट’ सहित समारोहको अन्त्य गरिएको थियो । पायोनियर मोटोकर्पले नाडा अटो शो २०२४ मा प्रिमियम अर्वान लक्जरी एसयुभी जिकर एक्स सार्वजनिक गर्ने भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच