काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू सत्ताको खेलमा नलाग्ने घोषणा गर्नुभएको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले कांग्रेस-एमालेसँग सत्ताको हिस्सेदारी नमाग्ने बताउनु भयो ।
‘म कांग्रेस-एमालेका साथीहरूलाई रोष्ट्रमबाटै सम्बोधन गर्न चाहन्छु। प्रचण्ड अब सत्ताको खेलमा लाग्नेछैन, कांग्रेस-एमालेसँग सत्ताको हिस्सेदारी माग्न आउने छैन।’ उहाँले भन्नुभयो, ‘सरकार छाड्न पर्दा माओवादी घाइते छैन झन् उन्मुक्ति महसुस भएको छ। अब हाम्रो प्राथमिकता सरकार होइन आन्दोलन र खबरदारी हो।’
उहाँले कांग्रेस-एमालेलाई झगडा गरेर आफूलाई बीचमै फकाउन र फुर्क्याउन नआउन पनि आग्रह गर्नुभयो ।
उहाँले आफूमाथि अस्थिरताको आरोप लगाइएको भन्दै त्यसको खण्डन समेत गर्नुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts