विभिन्न देशका लागि प्रस्तावित राजदुतहरुको सुनुवाई भदौ १४ बाट हुने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडाैं । विभिन्न देशका लागि प्रस्तावित राजदुतहरुको संसदीय सुनुवाई प्रक्रिया यही भदौ १४ गतेदेखि शुरु हुने भएको छ ।

मंगलवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकले प्रस्तावित १७ देशका राजदुतहरुमाथि परेको उजुरीसहितको सुनुवाई भदौ १४ गतेबाट शुरु गरी भदौ १६, १७ , १८, १९, २०, २४ र २५ गतेगरी ८ दिनमा सम्पन्न गर्ने कार्ययोजना पारित गरेको हो ।

भदौ २१ गते तिज, २२ गते शनिवार र २३ गते पञ्चमीको बिदा परेकाले त्यसअघि र पछि गरी ८ दिनमा संसदीय सुनुवाई प्रक्रिया सम्पन्न गर्ने कार्ययोजना तय गरिएको समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिनुभयो । उजुरी थोरै भएकाले सुनुवाई प्रक्रिया छोटिन पनि सक्ने समितिको निष्कर्ष छ ।

ADVERTISEMENT

सभापति न्यौपानेले भन्नुभयो,‘आज हामीले राजदुत नियुक्ती प्रक्रिया अन्तर्गत उजुरी कर्ताहरुको उजुरी खोलेका छौं । अव सुनुवाईको प्रक्रियामा अघि जाँदैछौं । संसद १३ गतेसम्म छ । त्यसैले १४ गतेदेखि निरन्तर गरौँ । पहिलो दिन हामीले ४ जना राखेका छौं । यसलाई धेरै नलम्ब्याऔं । उहाँहरुको सुनुवाई सकिनेबित्तिकै निर्णय गर्नुभन्दा अघि परराष्ट्र मन्त्रीज्युसँग पनि छलफल गर्ने नै छौं । १४ गते उजुरीकर्ताको उजुरी सुन्ने । त्यसपछि १६, १७ , १८ र १९, २० गते हाम्रो निरन्तर जान्छ । त्यसपछि २१, २२ र २३ एक दिन गते बिदा हुन्छ । एक दिन शनिवार परेको र पञ्चमी । तिज भएकाले बिदा हुन्छ । २४ र २५ फेरि हामो निरन्तर जान्छ । त्यो बीचमा हामीले परराष्ट्र मन्त्रीसँग पनि छलफल गर्छौं । उजुरी धेरै नपरेकाले त्यसमा अझ बढी छिटो हुन पनि सक्छ । विभिन्न देशका लागि नेपाली राजदुतमा प्रश्तावित व्यक्तिको सिफारिसको सम्बन्धमा उजुरीकर्तालाई समिति समक्ष उपस्थित गराई उजुरीको पुष्ट्याँई र यसको औचित्यता स्पष्ट पार्न लगाउने, प्रश्तावित व्यक्तिलाई आमन्त्रण गरी छलफल गर्ने लगायतका कार्यगरी सुनुवाई प्रक्रिया सम्पन्न गर्ने विषयमा संसदीय सुनुवाई समितिको कार्यविधि, २०८० को दफा १५ बमोजिम सचिवालयबाट प्रश्तावित कार्यतालिका परिमार्जनसहित पारित गरिएको घोषणा गर्दुछु । समितिको अर्को बैठक भदौ १४ गते बोलाइनेछ ।’

समितिको आजको बैठकमा उजुरीकर्ताहरुको उजुरी खोलि समितिका सदस्यहरुलाई वितरण समेत गरिएको छ । समितिको अर्को बैठक भदौ १४ गते बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *