काठमाडौं । जोन्सेन ब्राण्डको आधिकारिक बिक्रेता स्यामुकापु ट्रेडिङले नेपाली बजारमा जोन्सेन ब्राण्डका मोटरसाइकल र स्कुटर लन्च गरेको छ । व्यापारिक घराना ज्योति ग्रुपको लगानी रहेको स्यामुकापु ट्रेडिङले जोन्सेनअन्तर्गतका इन्ट्री लेबलदेखि प्रिमियम मोटरसाइकल तथा स्कुटर नेपाली बजारमा ल्याएको हो । ८० भन्दा बढी देशमा उपस्थिति भएको चीनको अग्रणी मोटरसाइकल निर्माता जोन्सेनले आफ्नो गुणस्तर र नवीनतालाई नेपाली बजारमा पस्केको छ । नेपालको भौगोलिक विविधतालाई मध्यनजर गर्दै ग्राहकको आकांक्षा र आवश्यकता पूरा गर्ने उद्देश्यसहित शक्तिशाली अफरोड मोटरसाइकल लन्च गरिएको कम्पनीले जनाएको छ ।
नाडा अटो शो २०२४ को पूर्वसन्ध्यामा कम्पनीले जोन्सेनका नौ मोडल लन्च गरेको हो । जसअन्तर्गत इन्ट्री लेबलमा ११९.६ सिसीको जेडएस १२५-१७ ए वाइइएमआइदेखि टप-अफ-द-लाइन २५० सिसीको जेडएस २०० जिवाइ-४ सम्म रहेका छन् । उल्लेखित सम्पूर्ण मोडल स्यामुकापुको विराटनगर, वीरगञ्ज, भरतपुर, काठमाडौं, पोखरा, भैरहवा र बुटवलस्थित आधिकारिक शोरुममा उपलब्ध रहेको कम्पनीले जनाएको छ । कम्पनीले ग्राहकका लागि आकर्षक प्याकेजसमेत ल्याएको छ, जसअन्तर्गत मोटरसाइकल तथा स्कुटर खरिदमा दुई वर्षको वारेन्टी, छ पटकसम्म निःशुल्क सर्भिसिङ सेवा र हेल्मेट रहेको छ । जोन्सेन मोटरसाइकल चोङकेन जोन्सेन अटोमोबाइल इण्डस्ट्री कम्पनीको एक महत्वपूर्ण हिस्सा हो । कम्पनीले सन् १९९६ देखि समसामयिक पेट्रोल टु हिृवलर, इभी टु हिृवलर, टु हिृवलरका पार्ट्स, अटोमोबाइलका पार्ट्स र आइटीका पार्ट्स उत्पादन गर्दै आएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts