काठमाडौं । पैँचो पसल प्रालिले चाडपर्वका अवसरमा उपहार योजना सार्वजनिक गरेको छ । कृष्णाष्टमीबाट सुरु भएको उपहार योजना तीज, दशैँ, तिहार, छठ हुँदै क्रिसमससम्म सञ्चालन हुनेछ । पैँचो पसलका उत्पादन खरिद गर्दा उपहार योजनामा सहभागी सकिने कम्पनीले जनाएको छ । ग्राहकलाई यसअघि पनि विभिन्न अफर र उपहार दिँदै आएको पँैचोले चाडपर्वमा थप ५० उपहार घोषणा गरेको हो ।
चाडपर्वलाई उत्सव र खुसीयाली बनाउन चाडपर्व अफर ल्याइएको पैँचोका प्रमुख बजार व्यवस्थापक लक्ष्मण गैरेले बताउनुभयो । पैँचोले उपहार योजनामा प्रथम उपहार वासिन मेसिन एकजनालाई, द्वितीय उपहार फ्रिज दुईजनालाई, तृतीय उपहार टेलिभिजन तीनजनालाई, चौथो उपहार स्प्रे ट्यांकी चारजनालाई प्रदान गर्ने भएको छ । त्यस्तै पाँचौँ उपहार एक हजार रुपैयाँको कृषि बिउबिजन २० जनालाई र छैटौँ उपहार पैँचो कम्पनीका उत्पादन २० जनाले पाउनेछन् ।
उपहार कुपन पँैचोको १२ वटा शाखा र १२ वटा आउटलेट गरी २४ स्थानबाट उपलब्ध हुनेछ । उपहार कुपन प्राप्त गर्न पैँचोका शाखा र आउटलेटबाट दुई हजार पाँच सय रुपैयाँ बराबरको ग्रोसरी, पशुआहार खरिद, तरकारी तथा फलफूल बिक्री गर्दा एउटा कुपन पाइनेछ । एक हजार रुपैयाँको तरकारी तथा फलफूल, एक हजारको फेन्सी तथा गिफ्ट सामान, पाँच सयको बिउबिजन खरिदका साथै प्रतिदिन प्रतिसंकलन ५० हजार संकलन गर्दा एउटा उपहार कुपन प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । पुरस्कार पँैचो पसलको वार्षिकोत्सव पुस १५ गते घोषणा गरिने बताइएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता