काठमाडौं । सुदूरपश्चिमेलीले काठमाडौँको टुँडिखेलमा आज गौरा पर्व मनाएका छन् ।
सुदूरपश्चिमका विभिन्न जिल्लाबाट काठमाडौँमा बसोबास गर्दै आएकाहरू टुँडिखेलमा भेला भएर पर्व मनाएका हुन् ।
सोही अवसरमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत सुदूरपश्चिमेली नेताहरुको सहभागिता रहेको थियो ।











