काठमाडौं । नेपालमा बिवाइडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले २०२४ भर्सनको बिवाइडी एट्टो ३ सार्वजनिक गरेको छ । नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयुभी मानिएको बिवाइडी एट्टो ३ देशमा सबैभन्दा बढी बिक्री हुने एसयुभी बन्ने क्रममा तीव्र रूपले अगाडि बढिरहेको छ । नेपाल भित्रिएको दुई वर्ष पनि नपुग्दै तीन हजार युनिटभन्दा बढी बिवाइडी एट्टो ३ बिक्री भइसकेका कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार ड्राइभिङ अनुभवलाई अझै राम्रो बनाउन बिवाइडी एट्टो ३ को २०२४ भर्सनमा धेरै आकर्षक अपग्रेडका साथै नयाँ फिचर थप गरिएका छन् । डी-पिलर पहिले ड्रागन स्केल जस्तै प्याटर्नसहित सिल्भर कलरमा रहेकोमा अब भने स्टाइलिस ब्ल्याक कलरमा रहेको छ । जसले गाडीलाई स्पोर्टी डिजाइन प्रदान गर्न थप सहयोग गरेको छ । बिवाइडी एट्टो ३ को इन्फोटेनमेन्ट सिस्टमसमेत थप अपग्रेड गरिएको छ । पहिले १२.८ इन्च रहेकोमा अब यो १५.६ इन्च छ, जसले ड्राइभर तथा प्यासेन्जरको डिजिटल अनुभव अझै रमाइलो बनाउँछ ।
बिवाइडी एट्टो ३ को २०२४ भर्सनमा थप गरिएको सबैभन्दा महŒवपूर्ण नयाँ फिचर बिवाइडी एप हो । उक्त अत्याधुनिक एपले गाडीधनीको ड्राइभिङ अनुभव सहज तरिकाले नियन्त्रण प्रदान गर्न भूमिका खेल्छ । बिवाइडी एपमार्फत् गाडीको रेन्ज र पावर लेभल चेक गर्न, टायर प्रेसर चेक गर्न र गाडीका ढोका तथा झ्याल बन्द भएको वा नभएकोबारेमा थाहा पाउन सकिन्छ ।
काठमाडौंको दरबारमार्गमा आयोजित सार्वजनिक इभेन्टमा पूर्व बैंकर तथा पब्लिक स्पिकर अनिलकेशरी शाह र प्रसिद्ध गायक वाङदेन फिन्सो शेर्पा तथा वरिष्ठ हास्य कलाकार एवं बिवाइडी नेपालका ब्राण्ड एम्बेसडर हरिवंश आचार्यलगायतको सहभागिता थियो । सो अवसरमा बिवाइडी एट्टो ३ का केही ग्राहकलाई बिवाइडी एट्टो ३ को चाबी हस्तान्तरण गरिएको थियो । एड्भान्स्डमा ४९.९२ किलोवाट आवरको ब्याट्री प्याक रहेको यसको मूल्य ५६ लाख ९० हजार रुपैयाँ तोकिएको छ भने सुपेरियरमा ६०.४८ किलोवाट आवरको ब्याट्री प्याक रहेको गाडीको मूल्य ६७ लाख ८० हजार रुपैयाँ तोकिएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा