काठमाडौं । ग्लोबल आइएमई बैंकको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाइल बैंकिङ प्रयोगकर्ताले क्राउन ल्याब्रोटोरी एण्ड रिफर्रल सेन्टर (के-ल्याब) मा ल्याबसम्बन्धी सेवाशुल्कमा २५ प्रतिशत छुट पाउने भएका छन् ।
सो सम्बन्धी सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकका बागमती प्रदेश प्रमुख रूपेन्द्र वाग्ले र क्राउन ल्याब्रोटोरी एण्ड रिफर्रल सेन्टरका प्रशासनिक निर्देशक कान्ति थापाले हस्ताक्षर गर्नुभएको हो ।
सम्झौताअनुसार बैंकका ग्राहकले के-ल्याब, नक्साल र बौद्धमा उपलब्ध ल्याबसम्बन्धी सेवाबापतको भुक्तानीका लागि बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाइल बैंकिङ प्रयोग गर्दा २५ प्रतिशत छुट पाउने बैंकले जनाएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts