
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले जनचेतनामूलक भिडियो सामग्री सार्वजनिक गरेको छ । कम्पनीले बिमितले आफूले लिएका बिमालेखको निरन्तरताका लागि प्रोत्साहित गर्ने र बिमालेखको सरेन्डरलाई निरुत्साहित गर्ने अभिप्रायसाथ भिडियो सार्वजनिक गरेको हो । ‘किनकि जीवन अमूल्य’ छ भन्ने मूलनारालाई आत्मसात गर्दै करिब २३ वर्षदेखि जीवन बिमासम्बन्धी सम्पूर्ण सेवा प्रवाह गर्दै आएको नेपाल लाइफ इन्स्योरेन्सले जस्तोसुकै परिस्थितिमा पनि बिमालेख सरेन्डर गर्नुहुँदैन भन्ने सन्देश दिन भिडियो बनाएको जनाएको छ ।
भिडियोमा जीवन र जीवन बिमा योजनालाई ख्याल-ख्यालमै लिँदा भोलि आइपर्न सक्ने अकल्पनीय दुर्घटनाको कारण एउटा सम्पन्न र सुखी परिवार पनि कसरी आर्थिक अभावको पीडाबाट गुज्रिनुपर्छ भन्ने कुरा देखाइएको छ । मुख्य पात्रको भूमिकालाई पृथक् तरिकाले प्रस्तुत गरिएको भिडियोमा उनको मनको व्यथा संगीतमार्फत् व्यक्त गरिएको छ ।
काल्पनिक भिडियोमा देखाइएको जस्तो अवस्था कसैको पनि वास्तविक जीवनमा नआओस् भन्ने कामनासहित कम्पनीले जीवन बिमा गरेर सुरक्षित, सुनिश्चित अनि सुनौलो भविष्यको बाटो हिँड्न तथा जीवन बिमा योजना बीचमै सरेन्डर गरी अनिश्चितताको बाटो नहिँड्न विशेष आग्रह गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले धेरैजसो मानिसले जनचेतना अभावका कारण बिमा सरेन्डर गरेको पाइएकाले बिमा सरेन्डरले पार्न सक्ने नकारात्मक प्रभावलाई समेटेर भिडियो निर्माण गरिएको बताउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच