
अब वर्तमान सरकारले देश र जनताका पक्षमा राम्रो काम गरेर देखाउनुपर्ने आवश्यकता देखिएको छ । सरकार सामु अवसर र चुनौती दुवै तेर्सिएका छन् । सरकारले चुनौतीभन्दा अवसरलाई सदुपयोग गर्न जरुरी देखिन्छ । अवसर सधै भरी आइरहँदैन, अवसरलाई सदुपयोग गर्न सकियो भने राम्रो हुन्छ । आज देशको अवस्था गिर्दो छ । समस्या जताजतै छरिएका छन् । हामीले मुलुकको भविश्य सोचेर काम गर्नुपर्ने देखिन्छ । हाम्रा छिमेकी देशहरू धेरै अघि बढिसके हामी जहाँको त्यही छौं । यो चिन्ता लाग्दो विषय हो । हामी कहिले माथि उठने ?
लामो समयदेखि नेपाली जनता गरिबीबाट माथि उठ्न सकेका छैनन् । हामीले देखिरहेका छौं, आज देशको आर्थिक अवस्था सुर्धन सकेको छैन । देशमा महँगीले आकाश छोएको अवस्था छ । सर्वसाधरण जनताको चुलो बोल्न नसक्ने अवस्थामा छ । अब मेला पर्व पनि नजिकिँदै छन् । यसै बेलाको मौका छोपेर बजारमा कृतिम अभाव बनाउने, कालोबजारी गर्ने, महँगी बढाउने जस्ता काम हुँदै आएका छन् । सरकारले बजार अनुगमन गर्नुपर्दछ । नेपाली युवाहरू बेरोजगारी समस्याले पिल्सिएका छन् ।
मुलुकमा सुशासन स्थापित गर्दै विकास, समृद्धिको बाटो कोर्ने हो भने राजनीतिक र प्रशासनिक नेतृत्व दुवै पक्ष सच्चिनुपर्ने आवश्यकता देखिएको छ । नेताहरूको स्वार्थको आधारमा गठबन्धन बन्ने र भत्किने क्रमले नेपाली जनता वाक्क छन् । आज संविधान संशोधनको विषय पेचिलो बन्ने सम्भावना भने बढेको छ । अस्थिर सरकारले मुलुकको भविष्य निर्माण गर्न सक्दैन ।
उनीहरूको समस्या समाधान गर्ने बाटोतर्फ सरकारको ध्यान पुग्नुपर्छ । बेरोजगारी समस्या देशको मुख्य समस्याका रूपमा खडा भएर उभिएको छ । राजनीति दल र तिनका नेताहरू यस विषयमा बढी गम्भीर बन्नुपर्ने देखिन्छ । बेरोजगारी समस्या बढयो भने देशमा थप संकट आउन सक्छ । देशलाई संकटवाट रोक्न युवाका समस्या समाधान गर्ने बाटोतर्फ सरकारअघि बढनुपर्छ । लामो समयदेखि मुलुक हरेक क्षेत्रमा पछाडि परिरहेको अवस्था छ । देश र जनताको भाग्य र भविश्य बनाउनका निम्ति सबै राजनीति दलहरू एकमत भएर लाग्नुपर्छ । सधै निराशका कुरा गरेरमात्र हुँदैन, जनतालाई आशा जगाउने र काम गरेर देखाउने सरकार हुनुपर्छ । देश पछि पर्नुमा मुख्य दोषी प्रमुख दलहरू नै हुन् । प्रमुख तीन दलले यसको जिम्मेवारी लिनुपर्छ । लामो समयदेखि शासनसत्ता चलाएर पनि उनीहरूले देशलाई माथि उठाउन सकेनन् । आलो पालो सरकारमा जाने र देशको ढुकुटी सक्ने कामबाहेक केही भएन । पछिल्लो समयमा आएर मुलुक थप संकटमा जाने हो कि भन्ने चिन्ता बढेर गएको छ । राजनीति उथल पुथलले देशको भविश्य पछाडि धकेल्लिएको छ ।
देशको राजनीति गर्ने नेताहरू इमानदार नहुदा यसो भएको हो । राजनीतिमा इमानदारी भएन भने देश र जनताको भविश्य अन्यौलमा जान्छ । हिजो जस्तो निष्ठा र त्यागको राजनीति आज हराउँदै गएको छ । यो नेपालको राजनीतिमा दुख्खको कुरा हो । पटक-पटक यो कुरा दोहोयाउन मनले दिँदैन । तर पनि दोहार्याउन बाध्य हुनुपरेको छ । आज जसरी देशअघि बढनुपर्ने हो त्यो अनुसार अघि बढन नसक्दा चिन्ता लाग्दो रहेछ । प्रमुख राजनीति दलहरूको अदूरदर्शिताले देश अघि बढन सकेन । एकले अर्कालाई गिराउने र राम्रो काम गर्न नदिने गलत संस्कारको विकास भएको छ नेपालको राजनीतिमा । यो कहिलेसम्म कायम हुने हो यसै भन्न सकिँदैन । सरकार बन्ने र ढल्ने परम्पराले देशको विकास हुन सकेको छैन । आज देशमा स्थिर सरकारको खाँचो छ । तर, यो निर्वाचन प्रणालीले स्थिर सरकार दिने अवस्था देखिँदैन । कुनै एक दलको बहुमत नआउने अवस्था आएपछि हुने यस्तै हो । आज मुलुक बनाउने चिन्तामा राजनीति दल र तिनका नेताहरू हुनुपर्दथ्यो तर त्यस्तो देखिएन । आफ्नो परिवार र आफ्ना मान्छेको आर्थिक अवस्था कसरी माथि उठाउने भन्ने कुरामा नेताहरू बढी केन्द्रित भएका छन् । यो नै देशको समस्या हो । वर्तमान ओली सरकारले संविधान संशोधनको कुरा उठाएको छ । अहिले संविधान संशोधन गर्दा राम्रो हुन्छ कि, हुँदैन भन्ने कुरा बहसको विषय बनेको छ । संविधान संशोधन आवश्यकता अनुसार गर्न सकिने कुरा हो ।
नेताहरूको स्वार्थको आधारमा गठबन्धन बन्ने र भत्किने क्रमले नेपाली जनता वाक्क छन् । आज संविधान संशोधनको विषय पेचिलो बन्ने सम्भावना भने बढेको छ । अस्थिर सरकारले मुलुकको भविष्य निर्माण गर्न सक्दैन । नेपालमा संसदीय अभ्यासको सुरुवात भएको धेरै वर्ष बितिसक्यो तर सोचेजस्तो परिणाम जनताले पाउन सकेका छैनन् । पछिल्लो समय राजनीतिमा जनताको आर्कषण बढ्दो छैन । राजनीति दलहरू र तिनका नेताहरूले मुलुकमा राम्रो परिणाम दिन सकेनन् ।
व्यवस्थाको बारेमा पनि बेलाबेलामा टीकाटिप्पणी हुनेगर्दछ । यस्तो किन भएको होला ? गणतन्त्र र संघीयता आफैंमा नराम्रो होइन तर प्रयोग गर्नेपात्रहरू गलत भए । समस्या यो हो । अहिले गणतन्त्रप्रति वितृष्णा जागेको देखिन्छ । जनतालाई आशा जगाउने खालले सरकार अघि बढ्नुपर्छ । कुनै पनि व्यवस्था आफैंमा नराम्रो हुँदैन । नेतृत्व गलत हुनाले व्यवस्था बद्नाम भएको हो । मुलुकमा राजनीति अस्थिरता बढाउने प्रमुख ठूला तीन दल हुन् । साना दललाई दोष दिएर उनीहरू उम्किन मिल्दैन । लोकतन्त्रमा आफ्नो संख्या बढी छ भन्दैमा जे मन लाग्यो त्यो गर्न पाइँदैन । आमसहमति अनुसार अघि बढनुपर्छ ।
पछिल्लो समयमा आएर मुलुक थप संकटमा जाने हो कि भन्ने चिन्ता बढेर गएको छ । राजनीति उथल पुथलले देशको भविश्य पछाडि धकेल्लिएको छ । देशको राजनीति गर्ने नेताहरू इमानदार नहुँदा यस्तो भएको हो ।
एमाले र कांग्रेसले सुझ बुझका साथ अघि बढनुपर्ने देखिन्छ । ठूला दलका ठूलै नेताले एकअर्कालाई धोका दिँदा नै सरकार परिवर्तन हुनेगरेको छ । त्यसैले राजनीतिक अस्थिरता ठूला दलका ठूलै नेतावाट निम्तिएको छ । यो कुरामा ठूला दलहरू गम्भीर बन्न जरुरी छ । अब हचुवाको कुरा गरेर देशको उन्नति प्रगति गर्न सकिँदैन । सबै दलहरू इमानदारीका साथ देश र जनताको पक्षमा लाग्नुपर्ने जरुरी देखिन्छ । पार्टीभित्र आन्तरिक द्वन्द्व बढाएर राजनीति अस्थिरता निम्ताउने काम प्रमुख दलहरूले गरेका छन् ।
२०४८ र २०५६ मा कांग्रेसको एकल बहुमत आएको थियो । तर, त्यो सरकार पनि पुरा कार्यकाल टिक्न सकेन । २०७४ को निर्वाचनमा नेकपाको एकल बहुमत आएको थियो आफ्नै पार्टीभित्रको आन्तरिक कलहले त्यो सरकार पनि पूरै कार्यकाल टिक्न सकेन । बहुमतको सरकार पाउँदा पूरा कार्यकाल टिकाउन नसक्ने दलले आज ठूला भाषण गदै हिँडेका छन् । राजनीतिक स्थिरता पूर्ण कार्यकाल चल्ने सुनिश्चितता भएको सरकारबाट मात्र सम्भव छ । व्यक्तिगत स्वार्थ नभएका नेतावाट यो सम्भव पनि छ । तर, ती नेताहरूले अवसर कहिले पाउँदैनन् । दम्भको राजनीतिले मुलुकलाई निकास दिन सक्दैन । हाम्रा ठूला दलका नेताहरूमा दम्भको राजनीति बढी हावी भयो । राजनीतिमा दम्भ बढयो भने राजनीति दुर्घटना हुनसक्छ । बिगतमा पनि यस्ता दुर्घटना हुने गरेका छन् । संविधान संशोधनका विषयमा अरू दललाई खासै चासो भएको देखिँदैन । यसमा एमालेले बढी चासो दिएको छ । सबैको सल्लाह र सुझाव सरकारले सुन्नुपर्छ । सबै राजनीतिक दलहरूलाई राखेर सहमतिमा पुग्नुपर्छ । सत्ताका लागि दलहरू जे पनि गर्न तयार छन् । यस्ता गलत प्रवृत्तिले दीर्घकालीन समाधान दिन सक्दैन । कुनै सरकारले संविधान संशोधनका लागि केही गरी दुई तिहाइ पु¥याएरै गए पनि त्यसले अर्को द्वन्द्व निम्त्याउन सक्छ । यसमा सजग बन्न जरुरी छ ।
अहिले संशोधनको विषय त्यति सजिलो छैन । हामीले कुनै पनि संविधानलाई निरन्तरता दिन सकेका छैनौ । यो राज्य प्रणाली संविधान अनुसार चलेको छ कि छैन त्यो आजको प्रमुख बिषय हो । यो संविधान यही रूपमा चल्ने हो भने कुनै दलको बहुमत आउदैन । राजनीतिमा आमजनताको चासो बढनुपर्नेमा वितृष्णामात्र बढेको छ । यसो हुनुमा यीनै दलहरू बढी मात्रमा दोषि छन् । राजनीतिक दलका नेता र उनका कार्यकर्ताको गलत क्रियाकलापले देशमा राम्रो संकेत दिइरहेको छैन । आममानिसमा राजनीतिप्रति आर्कषण बढेको देखिँदैन । राजनीतिप्रति वितृष्णा बढ्नु राम्रो संकेत होइन । तर, यो नेपाली राजनीतिको तीतो यथार्थ बन्न पुगेको छ । सर्वसाधारण जनताले राजनीतिक परिवर्तनलाई आफ्नो दैनिक जीवनबाट अनुभूत नै गर्न सकेनन् । यसलाई विगतका शासन व्यवस्थाको तुलनामा उपलब्धिका रूपमा लिनुपर्दछ । मुलुकको शिक्षा, स्वास्थ्य, रोजगारीको पहुँच र सुशासनको सवालमा मुलुकले जुनरूपमा फड्को मानुपर्ने हो, त्योरूपमा फड्को मार्न सकेको छैन ।
मुलुकको अवस्था झन्झन् अफठ्यारो बन्दै गएको छ । राजनीति दल र तिनका नेताहरूको अकर्मण्यता र स्वार्थको लडाइँले गर्दा देशको भविश्य अन्धकार बनेको छ । यसको समाधान भनेको जनताको निरन्तर खबरदारी नै हो । देशमा सुशासन–समृद्धिसँगै विकासले गति लिन नसक्नुमा राजनीतिक नेतृत्व र प्रशासनिक नेतृत्व दुवै दोषी छन् ।
यदि मुलुकमा सुशासन स्थापित गर्दै विकास र समृद्धिको बाटो कोर्ने हो भने राजनीतिक र प्रशासनिक नेतृत्व दुवै पक्ष सच्चिनुपर्ने आवश्यकता देखिएको छ । यद्यपि मुलुक सञ्चालन गर्ने प्रमुख भूमिकामा राजनीतिक दल र तिनका नेताहरू छन् । त्यसैले सु्धारको अगुवाइ उनीहरूबाटै हुनुपर्छ भन्ने हाम्रो भनाइ हो । आज मुलुकमा भ्रष्टाचार बढ्दा त्यसको असर सबै क्षेत्रमा पर्ने गरेको छ । अहिलेको समयमा पनि जनताले सेवा प्रवाहमा समेत अत्यधिक दुःख र झन्झट व्यहोर्नुपर्ने अवस्था छ । सबैभन्दा पहिला राजनीतिक नेतृत्व सच्चिन जरुरी छ । (लेखकः १५३ विश्वकीतिमानी ब्यक्तित्व हुनुहुन्छ ।)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच