
काठमाडौं । महानायक राजेश हमालले युवाहरुमा इच्छाशक्ति र आत्मविश्वास भए कुनैपनि काम गर्न असम्भव नरहेको बताउनुभएको छ ।
शनिवार काठमाडौंमा काठमाडौं युथ कनक्लेभ-२०२४ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले सधैँ अरुले कोरेको बाटोमा मात्रै हिँड्छु भनेर अगाडि जान नसकिने स्पष्ट पार्नुभयो । उहाँले साँच्चिकै अघि बढ्ने हो भने जोखिम मोलेर आफैँ बाटो खन्न सक्नुपर्ने बताउनु भयो । उहाँले आफ्नो भित्रि प्यासन र इच्छाशक्तिलाई बुझेर काम गर्न युवाहरुलाई सुझाव दिनुभयो । उहाँले युवाहरुले जोखिम लिएर काम गर्नसके चाहेको कुरा पूरा गर्नसक्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘तपाईंमा तिब्र इच्छाशक्ति छ भने तपाईंमा आत्मविश्वास छ भने जुन किसिमको स्किल, ट्यालेन्ट, जुन किसिमको ज्ञान मसँग छ, त्यसलाई प्रयोग गरेर नकोरिएको बाटो पनि मैले कोर्न सक्छु, भन्ने विश्वास छ भने तपाईंहरु अघि बढ्नुस् । खालि सजिलो बाटो नखोज्नुस् । बनाएको बाटो मात्रै नखोज्नुस् । यसमा गएर फलानोले राम्रो प्राप्त ग-यो, त्यसमै लाग्नुपर्छ, यसमा यो भइरहेको छ भन्ने सोचेर नहिँड्नुस् । आफ्नो भित्रि प्यासन र इच्छालाई बुझेर अघि बढ्नुस् । बाटो पहिल्याउनसके कोही नपुगेको ठाउँमा पुग्नुहुन्छ । युवाहरुमा रिस्क लिने, आफूले चाहेको कुरा पूरा गर्ने अठोट र संकल्प हुनुपर्छ ।’
आफ्नो युनिकनेस पत्ता लगाएर युवाहरुले काम गर्नुपर्ने बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच