काठमाडौं । सशस्त्र प्रहरी बल(एपीएफ) का तत्कालीन प्रहरी उपरीक्षक (एसपी) वीरसिंह साहुविरुद्ध नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरेको आरोपमा मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार उनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार साहुले प्रहरी निरीक्षक पदमा बढुवाका लागि बीए तहको नक्कली प्रमाणपत्र पेश गरेका थिए ।
साहुले डेढ महिनाअघि मात्र राजीनामा दिएका थिए।
अख्तियारले छानबिन गरिरहेको बेला साहुले जागिर छाडेका थिए।
आयोगले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र दफा २९ को उपदफा (२) तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी गरेको छ ।








Breaking news with related posts