काठमाडौं । भारतमा पहिरोमा परेर चारजना नेपालीको मृत्यु भएको छ ।
उत्तरखन्ड राज्यको केदारनाथ नजिकै पहिरोमा पुरिएर उनीहरूको मृत्यु भएको हो । उनीहरू भारतमा मजदुरी गर्दै आएका थिए ।
मृत्यु हुनेहरूमा तुल बहादुर, पूर्ण नेपाली, किशन परियार र चीकु बोहरा रहेका छन् । उनीहरु मध्ये तीन जना चितवनका माडी घर भएको खुलेको छ ।
मृतकका शवहरू हाल पोष्टमार्टमका लागि स्थानीय अस्पतालमा राखिएको छ ।






