काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले देशका सातै प्रदेशमा आफ्नै भवनबाट प्रदेश कार्यालय सञ्चालन गर्ने योजना साकार पारेको छ । हालैमात्र सुदूरपश्चिम प्रदेशको धनगढी उपमहानगरपालिका ३ मा बैंकले आफ्नै भवनमा सुदूरपश्चिम प्रदेश कार्यालय सञ्चालनमा ल्याएको छ । यसअघि बैंकले कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको वीरगञ्ज एवं जनकपुर, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल एवं नेपालगञ्ज र कर्णाली प्रदेशको सुर्खेतस्थित आफ्नै भवनबाट प्रदेश कार्यालय एवं क्लस्टर कार्यालय सञ्चालनमा ल्याइसकेको छ ।
सुविधासम्पन्न आधुनिक धनगढी उपमहानगरपालिका ३ स्थित भवनबाट सुदूरपश्चिम प्रदेश कार्यालयका अलावा धनगढी शाखासमेत सञ्चालनमा आएको छ । हाल सुदूरपश्चिम प्रदेश धनगढी उपमहानगरपालिका ४ मा सञ्चालनमा रहेको बैंकको धनगढी शाखा कार्यालय स्थानान्तरण भई नजिकै रहेको आफ्नै भवनमा स्थानान्तरण भएको हो ।
आफ्नै भवनबाट कारोबार सञ्चालन भएको अवसर पारी बैंकमा बिहीबार आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सुदूरपश्चिमस्थित आफ्नै भवनबाट शाखा कार्यालय एवं प्रदेश कार्यालय सञ्चालन गर्न पाउनु बैंकका लागि कोशेढुंगा भएको बताउनुभयो । साथै उहाँले सुदूरपश्चिम प्रदेश बैंकका लागि एक महत्वपूर्ण व्यावसायिक केन्द्र भन्दै आगामी दिनमा अझै उत्कृष्ट बैंकिङ सेवा सुविधा लिएर आउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements